सङ्खुवासभाः मदन भण्डारी स्पोर्टस एकेडेमी सङ्खुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । खाँदबारीमा सम्पन्न अधिवेशनले लेखनाथ बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

१९ सदस्यीय समितिको उपाध्यक्षमा जीवन लिङ्थेप, सचिवमा अमृत राई, सहसचिवमा सुबोध खतिवडा र कोषाध्यक्षमा सरोज श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यमा फुर्पु भोटे, पृथिमान राई, भरत कार्की, लोकबहादुर घले, सुजन बोहोरा, अनुप चापागाईं, छत्र कार्की, खगेन्द्र पाण्डे, नवराज कटुवाल, भीम जिमी, विनोद गुरुङ, बालचर जिमी, डम्बरु निरौला र विष्णुमाया राई रहेका छन् ।