इटहरीः इटहरी रङ्गशालालाई प्रादेशिक रङ्गशाला बनाउन १ नं. प्रदेश सरकारले एक करोड बजेट विनियोजन गर्ने भएको छ । यो आर्थिक वर्षको बजेटमा रङ्गशालाको स्तरोन्नति गर्नको लागि१ करोड बजेट विनियोजन गर्ने १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताए ।
इटहरीमा मङ्गलबार शुरु भएको नवौँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
एक नम्बर प्रदेश खेलाडी उत्पादनको उर्वरभूमि भएकाले खेलकुद क्षेत्रको विकासका लागि यस वर्ष ४२ करोड बजेट छुट्याएको राईले बताए ।
राईले इटहरी रङ्गशाला परिसरमा विभिन्न १२ ओटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माणको क्रममा रहेकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सबै जिल्ला र १ सय ३७ पालिकामा खेल मैदान बनाउन प्रदेश सरकारले शुरु गरिसकेको जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशवकुमार बिष्टले भौतिक पूर्वाधारले सुविधायुक्त इटहरी रङ्गशाला परिसरको कभर्ड हलमा साताँै साग गेमको ब्याडमिन्टन प्रतियोगिता गर्न माग गरे । उनले आफ्नो कार्यकालमा इटहरी रङ्गशाला परिसरमा दर्जनौँ खेलकुदका पूर्वाधार निर्माण भएको बताउँदै यसमा स्थानीय उपभोक्ताको पनि ठूलो योगदान रहेको उल्लेख गरे।
पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरु
नवाँै पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारबाट शुरु भएको छ । राष्ट्रिय ब्याडमिन्टन सङ्घ नेपालको आयोजना तथा सुनसरी ब्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा शुरु प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २ सय जनाले बेग्लाबेग्लै समूह अन्तर्गत प्रतिष्पर्धा गर्ने सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल, यु १७ युवा सिंगल, यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरी प्रतिष्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए ।