इटहरीः राष्टि्य खेलकुद परिषाद (राखेप) का पूर्व सदस्य सचिव, इटहरी निवासी केसवकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको सचिव पदमा पराजीत भएका छन् । अाज भएकाे निर्वाचनमा विष्टले पराजय बेहाेर्नु परेकाे हाे । ३ सचिवकाे पदमा विष्टसहित दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुलसी थापाकाे उमेद्वारी परेकाे थियाे ।

बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सबैभन्दा कम १७ मत पाएका विष्ट भने पराजित भए ।

नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका लागि अाज मतदान भएकाे थियाे ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे ।

जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको छ । जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए ।