इटहरीः नेपाली सेनाका रत्नजीत तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचालेका छन् । लगातार आठौँ पटक सो उपाधी उचाल्ने क्रममा रत्नले चिर प्रतिद्वन्द्वी एपीएफका दिपेश धामीमाथि २१–१९ र २१– १३ को सोझो जीत निकालेका थिए । रत्नले दाङमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मलम लगाएका छन् ।

उक्त प्रतियोगितामा उनी धामीसँगनै पराजित भएका थिए । भोजपुरका विकास श्रेष्ठ र सेनाका नवीन श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए । पहिलो उपाधी भने पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जितेका थिए ।

यस्तै, राष्ट्रिय च्याम्पियन रसिलाले पूर्व विजेता भोजपुरकी नक्सलदेवी तामाङलाई पराजित गर्दै पहिलो पटक उपाधी उचालिन् । उनले तामाङसँग २१–१६ र २१–१५ को सहज जीत निकालिन् । तेस्रो स्थानमा एपीएफकी जेसिका गुरुङ र राजधानी युथ क्लबका सीमा राजवंशी रहे ।

पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद ५० हजार, २५ हजार र १२ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।