विराटनगरः बाल दिवसको अवसर पारेर मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाटस्थित रवि आधारभूत विद्यालयमा रवि कराते डोजोको उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ४ का प्रदेश सांसद विजय विश्वासले सो कराते डोजोको उद्घाटन गरेका हुन् । दलित विद्यार्थी अध्ययन गर्ने उक्त स्कुलमा ५५ जना विद्यार्थीले कराते तालीम लिइरहेका छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता सोही स्कुलका प्रधानाध्यापक केशरकुमार सरदारले गरेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि विश्वासका साथै शोभितराज प्रसाईं, देवराज कटुवाल, विनोदकुमार राउत, बिमल पोखरेल, जितेन्द्र सरदार लगायतले शुभकामना दिएका थिए ।

रवि कराते डोजोमा मोरङ कराते प्रशिक्षक विनोदकुमार राउत र अमर सुवेदीले प्रशिक्षण गराउने भएका छन् । ग्रामीण भेगका दलित विद्यार्थीको शारीरिक क्षमतामा वृद्धि गर्न र खेल क्षेत्रमा रुचि बढाउन कराते डोजोको स्थापना गरिएको राउतले बताए ।

karate  (2)