धनकुटाः नेपाली काङ्ग्रेसको जागरण अभियान अन्तर्गत धनकुटामा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । युवालाई लक्षित गरेर फुटबल प्रतियोगिताको आयोजना गरिएको जागरण अभियानका केन्द्रीय प्रतिनिधि विश्वदीप लिङ्देनले जानकारी दिए ।

केन्द्रीय प्रतिनिधि लिङ्देनले फुटबल दिएर प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा ४ ओटा टिम सहभागी रहेका छन् । प्रतियोगिताको फाइनल खेल आगामी असोज ६ गते हुने बताइएको छ ।