इटहरी ः निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितीले बिहिबार देखी प्याब्सन खेलकुद सप्ताह सुरु गरेको छ । खेल सप्ताहको इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख कुमारी अम्बिका शाहले उद्धघाटन गरिन् । प्रतियोगिता उद्धघाटन गर्दै शाहले खेलकुद सबैका लागी भएको बताउदै निजी बिद्यालयहरुले आयोजना गर्ने यसप्रकारको खेलकुदका गतिबिधिले दक्ष खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने बताइन ।
नीजी तथा आवाशीय बिद्यालय अर्गनाइजेसन प्याब्सन अन्तर्गत इटहरी उपमहानगरपालिका भित्र रहेका बिद्यालयहरु बिच एसीसी नामबाट बिगत बर्षहरुमा स्पोर्टस मिट हुदै आएको थियो । गत बर्षदेखी गठन भएको प्याब्सन इटहरी नगरसमितीले शिक्षा र खेलकुदलाई एक साथ जोडेर यो बर्ष पनि बिभिन्न खेलकुदका कार्यक्रमहरु समेटिएको स्पोर्टस मिट आयोजना गरिएको आयोजकले जनाएको छ ।
  प्याब्सन नगर समितीले बिद्यालय तहमा अध्यनरत बिद्यार्थीहरुलाइ पढाइका साथै बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउदै आएको नगरसमिती अध्यक्ष सुवर्ण बहादुर थापाले जानकारी दिए । बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएकाले यसैलाइ मध्यनजर गर्दै यसबर्ष पनि खेल महोत्सवलाइ निरन्तरता दिएको थापाले बताए । खेल महोत्सवमा फूटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरु समावेश गरिएको छ ।
  एक सातासम्म चल्ले खेल महोत्सवमा इटहरी नगरक्षेत्रभरीका झण्डै एक सय नीजि बिद्यालयका बिद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भएको प्रतियोगिता मूल आयोजक उपसमितीका संयोजक पुण्यप्रसाद सापकोटाले जानकारी दिए । यस्तै प्रत्येक खेलकुदका लागी बिभिन्न उपमितीहरु गठन गरिएको छ । जसअनुसार फूटबलको संयोजकमा हेमन्तशर्मा भटराइ, क्रिकेटमा दिपक काफ्ले, भलिबलमा राजेन्द्र श्रेष्ठ, टेबलटेनिसमा खेमराज ढुंगेल, ब्याडमिन्टनमा लक्ष्मण तामांग, छेलो र ज्याभलिङथा्रेमा प्रदिप बिष्ट, हाइजम्प र लंगजम्पमा शिब नारायण चौधरी र दौडमा सौधन राइलाइ संयोजक तोकिएको छ । केही प्रतियोगिता क्षेत्रिय रंगशालामा हुनेछन । यस्तै इटहरी ४ स्थित सलाइ फ्याक्टि छेउको मैदानमा समेत केही प्रतियोगिता हुनेछन । बिहिबार उद्धघाटन भएको महोत्सवमा अधिकांश खेलहरु भने भोली शुक्रबार देखी मात्र सुरु हुने प्रचारप्रसार उपसमितीका संयोजक राजेश श्रेष्ठले जानकारी दिए । उद्धघाटन समारोहमा बिभिन्न बिद्यालयहरुले नृत्य तथा झांकी समेत प्रदर्शन गरेका छन । मंसिर १७ गते सम्म चल्ने प्रतियोगितात्मक खेल महोत्सवमा इटहरीका एक सय नीजि तथा आवासीय विद्यालयका ५० हजार बिद्यार्थीले प्रत्यक्ष तथा अप्रत्यक्ष अवलोकन गर्ने दाबी गरिएको छ । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडी एवम विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।