धनकुटाःनेपाली फुटबल टीमका कप्तान सुजल श्रेष्ठ र उस्सु खेलाडी चित्रसिंह ठकुरीलाई गृह जिल्ला धनकुटामा अभिनन्दन गरिएको छ ।
काठमाडौ र पोखरामा गत मंसिर १५ देखि २४ सम्म सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले श्रेष्ठ र ठकुरीलाई धनकुटा नगरपालिकाले अभिनन्दन गरेको हो ।
सागमा नेपाली फुटबल टीमले स्वर्ण पदक जितेको थियो र नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले पदक दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यस्तै ठकुरीले उस्सुमा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेका थिए ।
नेपाली फुटबल टीमका कप्तान श्रेष्ठलाई नगद एक लाख र सम्मान पत्र तथा उस्सु खेलाडी ठकुरीलाई नगद ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको छ । त्यस्तै अभिनन्दन कार्यक्रममा सागमा निर्णायकको भूमिकामा रहेका धनकुटा निवासी उस्सुका अन्तर्राष्ट्रिय निर्णायक खेमराज थापालाई सम्मान–पत्रले सम्मान गरिएको छ । अभिनन्दित नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले मन्तव्य दिँदै अहिले मातृभुमिको न्यानो माया र सबैको साथ पाएको बताए ।
उनले धनकुटाकै कारणले आफू यो स्थानमा पुगेको बताउँदै सबै धनकुटेलीलाई धन्यवाद दिए । उनले भने, यस्तो सम्मान आफुहरुलाई राज्यले पनि गरेकोको छैन् ।’ त्यस्तै कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटेली खेलाडी सुजल श्रेष्ठ फुटबलमा र चित्रसिह ठकुरीले उस्सुमा पदक जित्दै धनकुटाको पहिचान दिलाएकाले अभिनन्दन गरिएको बताए ।
धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन ¥यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा गराएको थियो । श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गर्दा विभिन्न जातीय समुदाय झाँकी प्रस्तुत गरिएको थियो । ¥यालीमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिीि र सयौँको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।
काठमाडौ र पोखरामा गत मंसिर १५ देखि २४ सम्म सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालले २५ विधाका खेलमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेको थियो ।