संखुवासभा : माघे सक्रांन्तिको अवसर परेर संखुवासभाको चैनपुरमा देउराली युवा क्लबले खुल्ला पुरुष फुटबल आयोजना गर्ने भएको छ ।

फुटबल युवा पुस्ताको महत्वपुर्ण खेल भएकाले बिगत केही बर्ष देखि युवा क्लबले प्रत्येक बर्ष फुटबल खेल आयोजना गर्दै आएको छ । खेलमा एक टिममा ८ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । चैनपुर नगरपालिका वडा नं ७ को खेलमैदानमा खेल आयोजना हुन लागेको हो, नकाअउटको आधारमा हुन लागेको खेलामा प्रवेश शुल्क रु. १००० लाग्ने छ । खेलमा सहभागी हुन चाहने टिमले माघ १ गते बिहान ९ बजे सम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, अनुशासित, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद सहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । खेलको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश रु १५०००, १०००० र ५००० नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलमैदानको अभाव
वार्षिक रुपमा यस्ता महत्वपुर्ण खेल भएपनि खेलमैदानको अभावले समस्या हुने गरेको क्लबका अध्यक्ष उज्वल श्रेष्ठले जानकारी दिए । उनले भने स्थानीय सरकारले खेलमैदानको लागि आबश्यक भौतिका निमार्णका कार्यमा सहयोग गरे उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने तर्क राखे ।