धरानःप्रथम सामाजिक विभेद अभियान्ता भगत सर्वजित विश्वकर्माको स्मृतिमा उज्यालो स्पोर्टिङ्ग क्लवले माघ १ देखि प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता धरानमा गर्ने भएको छ ।
प्रदेश सरकार र धरानका वडाहरुको सहयोगमा सो प्रतियोगिता हुने भएको हो । कार्यक्रमको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुने छ । समापन युवा तथा खेलकुद मन्त्री जगतवहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा हुने बुधबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
धरानको होटल सन्ध्या इनमा आयोजकले गरेको पत्राकार सम्मेलनमा प्रतियोगिता ओपन डवल्स र भेट्रन डवल्स ४० वर्ष माथिको हुने क्लबका अध्यक्ष गोविन्द दर्नालले जानकारी दिएका छन । ओपन डवल्सकोे पुरस्कार राशी प्रथम , द्धितिय र त्रितिय क्रमश ३५ हजार, १८ हजार र नौ÷नौ हजार रहने छ ।
भेट्रन डवल्सको प्रथम , द्धितिय र त्रितिय क्रमश २५ हजार, १५ हजार र ७ ÷ ७ हजार हुनेछ । प्रतियोगितामा ९ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुनसरी ब्याडमिण्टन संघको प्राविधिक सहयोगमा धरान १५ मा हुने आयोजकले जनाएको छ ।