पाँचौैँ पानवारी भलिबल कप माघ ६ देखी हुने

  • पुस २९, २०७६
  • ६९४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


धरानः सयपत्री वोइज युनियन क्लवले २०७२ साल देखी सुरु गरेको प्रदेश स्तरिय पानबारी भलिबल रनिङ कपको पाचौँ संस्करण माघ ६ गतेवाट धरान–६ पानबारीको सिमल चौरी खेल मैदान सुरु हुने भएको छ ।
सो प्रतियोगितामा सहभागी हुनका लागी माघ २ गते सम्म टिम दर्ता गराई सक्नु पर्नेछ । दर्ताका लागी शुल्क लाग्ने छैन । अहिले सम्म ६ टिमले आफ्नो टिम दर्ता गराइ सकेको क्लबले आज धरान–८ द वेसमेन्टमा पत्राकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा १ नम्बर प्रदेशका १६ वटै जिल्लालाई सहभागिताका लागी जानकारी गराइनेछ । पहिले संस्करणहरुलाई हेर्ने हो भने १० टिम सहभागी हुने अनुमान गरिएको आयोजकले वताएको छ ।
प्रतियोगिताको पुरस्कार राशी विजेतालाइ ७५ हजार रहेको छ । े उपविजेतालाई ४१ हजार रहेको छ । क्लबले प्रथम संस्करण देखी चौथौ संस्करण सम्म विजेतालाई पुरस्कारको राशी क्रमश १५ हजार , ३० हजार, ५१ हजार , ७५ हजार र उपविजेता ११ हजार, १५ हजार, ३१ हजार र ४१ हजार रहेको थियो । पाँचौँ संस्करणमा भने पु्रस्कार राशी यथावत राखिएको छ ।
विगतका वर्षहरुमा राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने गरेको थियो र पुरस्कार राशी बृद्धि गर्दै लगेको थियो । यो पटक परिषदलले सहयोग नगर्ने भएपछि पहिले कै पुरस्कार राशीलाई निरन्तरता दिइएको छ । अझै पनि परिषदले सहयोग गर्ने भए पुरस्कार राशी बढ्ने आयोजक वताएको छ ।
सयपत्री बोइज युनियन क्लवले आयोजना गरेको प्रतियोगिताको संयोजन धरान उपमहानगरपालीका र ६ नं. वडा कार्यालयले गर्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । सह–प्रायोजक बराह ग्रुप र निशान बचत तथा ऋण सहकारी रहेको छ । यो भन्दा पहिलेका विजेता र उपविजेताहरु क्रमश प्रथम संकरण त्रिवेणी युवा क्लब मोरङ र याङशिला युबा क्लब मोरङ, दोस्रो संकरण डुम्राहा भलिबल क्लव सुनसरी र १ नं. प्रदेश प्रहरी रानी बिराटनगर ,तेस्रो संस्करण १ नं. प्रदेश प्रहरी रानी, बिराटनगर र सयपत्री बोइज युनियन क्लब पानवारीले हात पारेको थियो । चौथो संस्करण सयपत्री बोइज युनियन क्लब पानवारी र भोजपुर भलिबल क्लब भोजपुर रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

एकै चोटी ६३ जना सहसच ...

इटहरी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुको सरुवा ग ...

इटहरीमा कौशीखेतीमा आ ...

इटहरी : सुनसरीको इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेत ...

बजारमा ग्राहक नआउँदा ...

धरानः चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved