विराटनगरःउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट आज(सोमबार) देखि विराटनगरमा शुरु भएको छ ।
आज भएको क्रिकेटको उदघाटन खेलमा ग्रिनल्याण्ड कलेजले जित हात पारेको छ । ग्रिनल्याण्डले लर्डबुद्ध कलेजलाई ३० रनले पराजित गर क्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रिनल्याडले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको लर्डबुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९३ रन मात्र जोड्न सक्यो उसकालागि दिपक ढुंगानाले २३ रन बनाउँदा विद्यानन्द मण्डलले १२ रन जोडे । ग्रिनल्याण्डका मुकेश सिंश र राहुल गुम्ताले ३–३ विकेट लिँदा ज्यातिस यादवले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया २३ रनको योगफल तयार पोरेको थियो स ग्रिनल्याण्डकालागि प्रशान्त सिंङ एक्लैले नट आउट ८६ रनको ठोस पारि खेलेका थिए । सिंङले आप्mनो पारीमा ८ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै कमल पाण्डेले ११ रनको योगदान गरे । लर्डबुद्धका सुमन मण्डलले ३ विकेट र पवन साहले २ विकेट लिए । क्रिकेट प्रतियोगिताको उद्घाटन विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले ब्याटिङ र कडा नम्बर १४ का कावा वडा अध्यक्ष महिचन्द्र यादवले वलिङ गर्दै उद्घाटन गरे ।
माघ १७ गतेसम्म हुने मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटबलका खेल हुनेछ । यस खेल महोत्सवमा जिल्लाका २८ विद्यालयका २ हजार विद्यार्थी खेलाडीले भाग लिने छन् । प्रतियोगिता आयोजना गर्न करिब ११ लाख खर्च हुने जनाएको छ ।