हिसान स्मोर्टस् मिटः कोशी, एभरेष्ट, सिटी र अरनिको कलेज विजयी

  • माघ ७, २०७६
  • २६२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरःउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएको छ ।
आज भएको क्रिकेटमा कोशी क्याम्पस र कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोवास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सया ८३ रनको विशाल योगफल तयार पोरेको थियो । कोशीकालागि अमित मण्डलले ४१ रन बनाउँदा कालीचरण यादव र अमित यादवले २३–२३ रनको योगदान गरे । कोवासका रितिक महतोले ३ विकेट र अनिल ढकालले २ विकेट लिए ।
१ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको कोवासले १८ दशमलव १ बलमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । कोवासका आनन्द साहले १० रन जोडे । कोशीका म्यान अफ द म्याच सवास यादवले ३ विकेट तथा सोनस मण्डल र श्रवण किस्कुले २–२ विकेट लिए ।
त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्या भुमि कलेजलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सया ८१ रनको विशाल योगफल तयार पोरेको थियो । एभरेष्टकालागि म्यान अफ द म्याच आकाश खत्रीले ८० रन बनाउँदा दिनेश पोखरेलले २२ रनको योगदान गरे । विद्या भुमिका राकेश राजवंशीले ३ विकेट र सरिफ नवाफले २ विकेट लिए ।
१ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको विद्या भुमिले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १८ बनाउन सक्यो । जस्मा रोशन भण्डारीले १८ रन बनाउँदा विल मगरले २६ रन जोडे । एभरेष्टका आकाश खत्री र विकेन थापाले समान २–२ विकेट लिए ।फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।
दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् भने पराजित सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

IMG_8779

 

प्रतिक्रिया दिनुहोस

संविधान दिबसको अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा रक्तदान कार्यक्रम

इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको ...

जनाचेतनामूलक साइकल यात्राबाट इटहरी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेक ...

संक्रमितले नै चोरे चतरा धामको आइसोलेसनबाट सामान

इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved