विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बुधबार भएको खेलमा कान्तीपुर, सगरमाथा भानु, र कलेज विजयी भएको छ ।आज भएको क्रिकेटमा कान्तीपुर र सगरमाथा सेकेण्डरी स्कूलले जित हात पारेको छ । पहिलो खेलमा कान्तीपुर कलेजले भानु कलेजलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको भानुले निर्धारित १३ ओभरमा ५ विकेट गुमाई ६२ रनको सामान्य योगफल तयार पोरेको थियो । भानुकालागि सोनु मालीले १८ रन बनाउँदा प्रसान्त दासले १७ रनको योगदान गरे । कान्तीपुरका म्यान अफ द म्याच भवेश मगरले २ विकेट लिए ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको कान्तीपुरले ८ दशमलव ३ बलमा २ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । कान्तीपुरका नसीव यादवले २४ रन बनाउँदा सुदिप भण्डारी १८ रनमा अविजित रहे । भानुका माधव खतिवडा र सोनु मालीले १–१ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले शिक्षादिप कलेजलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया ११ रनको सामान्य योगफल तयार पारेको थियो । शिक्षादिपकालागि लेविस भण्डारीले २७ रन जोड्दा साहिल मण्डलले २१ रन जोडे । सगरमाथाका एलन आचार्य र अनुज यादवले २–२ विकेट लिए ।

१ सय १२ रनको लक्ष्य पछ्याएको सगरमाथाले १९ दशमलव ३ बलमा ९ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको छ । सगरमाथाका म्यान अफ द म्याच यसराज यादवले सर्वाधिक ४८ रनको योगदना दिए । शिक्षादिपका लेविस भण्डारीले २ विकेट लिए ।

फुटबलमा कान्तीपुर कलेज , भानु कलेज र कलेज विजयी भएका छन् । पहिलो खेलमा कान्तीपुर कलेजले वेलबारीको शिक्षा सन्देश कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल कान्तीपुरका विकाश राईले गरे । खेलको म्यान अफ द म्याच कान्तीपुरका असिम राई घोषित भए ।

दोस्रोे खेलमा भानु कलेजले नेता चौकको वुद्ध सेकेण्डरी स्कूललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच भानुका सुजन कार्की र प्रवेश खडकाले १–१ गोल गरे ।

तस्रोे खेलमा अर्किड कलेजले शिक्षादिप कलेजलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरीमा खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै टिमले ४–४ गोलको बराबरी खेले पछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच अर्किडका रितिक मगर घोषित भए ।

IMG_8827