विराटनगरःउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत विहिबार भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएको छ ।

आज भएको क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ । पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ ।टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३३ रनको विशाल योगफल तयार पारेको थियो । अर्किडकालागि मारहतराज अर्यालले ३१ रनमा अविजित हुँदा म्यान अफ द म्याच सुरेन्द्र मण्डल १८ रनमा अविजित रहे । विकेभिएमका विष्णुनारायण यादवले २ विकेट लिए ।

१ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभरमा ५ विकेट गुमाई ८५ रन मात्र बनाउन सक्यो । विकेभिएमका अमन यादवले अविजित १९ र लिसान कार्कीले अविजित १६ रन रहे । अर्किडका महमद अकवर र आशुतोष डोटेलले २–२ विकेट र सुरेन्द्र मण्डलले १ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा सृजना कलेजले नेशनलक लेजलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजनाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । सृजनाकालागि म्यान अफ द म्याच शिवराज खवासले ५६ रन जोड्दा अनिल खत्रीले ३० रन जोडे । नेशनलकाका अजय महतोले ३ विकेट लिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० बनायो । नेशनलका कृष्ण मण्डलले सर्वाधिक ५० रनको योगदना दिए । सृजनाका पवन साहले ४ विकेट लिँदा शिवराज खवासले ३ विकेट लिए ।

फुटबलमा मेरील्याण्ड कलेज , रेड स्टार कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् । पहिलो खेलमा मेरील्याण्ड कलेजले अर्किड कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल मेरील्याण्डका म्यान अफ द म्याच नारायण खडकाले गरे ।

दोस्रोे खेलमा पथरीको रेड स्टार कलेजले कोवास कलेजलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका विनायक लिम्बु र नेमसंङ लिम्बुले १–१ गोल गरे ।तेस्रोे खेलमा लर्डबुद्ध कलेजले नेपाल दर्शन कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल लर्डबुद्धका म्यान अफ द म्याच आदेश थापाले गरे ।

IMG_9482