विराटनगरःउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत शुक्रबार भएको खेलमा कोशी, पथरीको एभरेष्ट र सगरमाथा कलेज विजयी भएका छन् ।
आज भएको क्रिकेटमा कोशी र पथरीको एभरेष्ट कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कान्तीपुर कलेजलाई ३१ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १८ ओभरमा सवै विकेट गुमाई १ सय २४ रनको योगफल तयार पारेको थियो । काशीकालागि अमित मण्डलले ३२ रन बनाउँदा सोनु मण्डल २९ रनमा आउट भए । कान्तीपुरका महमद निसारले ३ विकेट लिँदा दिप्जलसिंह धामीले २ विकेट लिए ।
१ सय २५ रनको लक्ष्य पछ्याएको कान्तीपुरले निर्धारित ओभरमा ९ विकेट गुमाई ९३ रन मात्र बनाउन सक्यो । कान्तीपुरका रुपेश खडकाले ३० र रोशन तामाङले २१ रन बनाए । काशीका म्यान अफ द म्याच उदयशंकर यादवले ४ विकेट लिँदा विशाल मण्डल र सुवास यादवले २–२ विकेट लिए ।
त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेजले सगरमाथा कलेजलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १८ ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ७१ रनको सामान्य योगफल तयार पारेको थियो । सगरमाथाकालागि अनिकेत मण्डलले २० बरन जोड्दा राहुल यादवले ११ जोडे । एभरेष्टका म्यान अफ द म्याच निरज तामाङले ३ विकेट लिँदानिकेश खत्री, पुरुषोत्तमन्योपाने र डिकेन थापाले समान २–२ विकेट लिए ।
७२ रनको लक्ष्य पछ्याएको एभरेष्टले निर्धारित १६ दहमलव २ बलमा ३ विकेट आवश्यक रन जोड्न सफल भयो । एभरेष्टका सचिन उप्रतीले २१ रनमा अविजित हुँदा पुरुषोतम न्योपाने १३ रनमा अविजित भए । सगरमाथाका अनुज यादवले २ विकेट लिए ।
फुटबलमा सगरमाथा र पथरीको एभरेष्ट कलेज विजयी भएका छन् । पहिलो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले चिरप्रतिद्वन्धी विकेभिएम स्कूलको चुनौतीलाई १–० गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णय गोल सगरमाथाका म्यान अफ द म्याच अक्षित अधिकारीले गरे ।
दोस्रोे खेलमा पथरीको एभरेष्ट कलेजले पहिलो संस्करणको विजेता उर्लाबारीको सुनगाभा कलेजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका विरीङ राईले २ गोल रदिप लिम्बुले १ गोल गरे । यता सुनगाभाका कुशल चौधरी र तिपेश धिमालले १–१ गोल गरे ।

IMG_8903