विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत शनिबार भएको खेलमा क्रिकेटमा मेरिल्याण्ड र गिनल्याण्ड फुटबलमा कोशी र सिटी, बास्केटबलमा विकेभिएम, सेन्टजोसेफ, मेरिल्याण्ड र ब्राइट फ्यूचर तथा भलिबलमा लर्डबसद्ध, कोशी विद्या मन्दिर, मेरिल्याण्ड अर्किड कलेज विजयी भएका छन् ।
आज भएको क्रिकेटमा मेरिल्याण्ड र ग्रिनल्याण्ड कलेजले जित हात पारेको छ । पहिलो खेलमा मेरिल्याण्ड कलेजले एभरेष्ट कलेज विराटनगरलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६६ रनको विशाल योगफल तयार पारेको थियो । मेरिल्याण्डकालागि म्यान अफ द म्याच विवेक आनन्द मेहताले ८४ रन बनाए । मेहताले ४७ बलमा ५ छक्का र ९ चौका प्रहार गरे । त्यस्तै सकिब हकले ४० रनको योगदान दिए । एभरेष्टका सन्देश आचार्यले ३ विकेट लिँदा प्रियान्स पोखरेलले २ विकेट लिए ।
१ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको एभरेष्टले १६ दशमलव ४ बलमा सवै विकेट गुमाई ६० रन मात्र सिमित भयो । एभरेष्टका सन्देश आचार्यले १६ बनाउँदा अमित थापाले १३ रन बनाए । मेरिल्याण्डका विवेक आनन्द मेहता र कृष्ण मण्डलले ३–३ विकेट लिँदा जाइद अस्गरले २ विकेट लिए ।
त्यसैगरि दोस्रो खेलमा गिनल्याण्ड कलेजले अरनिको कलेजलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २० रनको योगफल तयार पारेको थियो । अरनिकोकालागि रोहित शर्माले ३६ रन बनाउँदा सुशान झाले २९ रन तथा निराजन भट्टराई र आवाश निरौलाले २१–२१ रन बनाए । गिनल्याण्डका मनोज यादव र प्रशान्त सिंशले १–१ विकेट लिए ।
१ सय २० रनको लक्ष्य पछ्याएको गिनल्याण्डले १८ दशमलव ४ बलमा ६ विकेट आवश्यक रन जोड्न सफल भयो । गिनल्याण्डका म्यान अफ द म्याच मनोज यादवले ४० बनाउँदा सन्तोष गुप्ता १९ रनमा अविजित रहे । अरनिकोका डेनिस कार्कीले ३ विकेट लिए ।

फुटबलमा कोशी मल्टीपल कलेज र सिटी कलेज विजयी भएका छन् । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोशी विद्या मन्दिलाई ४–० गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ । कोशीका म्यान अफ द म्याच प्रविन राई, सुडेन टुडु, रमेश खडका र अनिष चौधरीले १–१ गोल गरे ।
दोस्रोे खेलमा सिटी कलेजले एभरेष्ट कलेजलाई २– ० गोल अन्तरले पराजित गरेको छ । सिटीका विमल राई दुवै गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
बास्केट बलको पलिलो खेलमा विकेभिएमले सगरमाथालाई ३४–३१ अंकले पराजित गरेको छ भने दोस्रो खेलमा सेन्ट जोसेफ कलेजले अर्किड कलेलाई १२–११ अ‍ैकले पराजित गरेको छ । त्यस्तै तेस्रो खेलमा मेरिल्याण्डले लर्डबुद्ध कलेजलाई ६४–९ अ‍ैकले पराजित गर्दौ चौथो खेल सुन्दर हरैचाको ब्राइट प्mयूचर कलेजले कान्तीपुर कलेजलाई ६७–११ अंकले पराजित गरेको छ ।
भलीबल छात्रातर्फ पहिलो mखेलमा लर्डबुद्ध कलेजले सगरमाथा कलेजलाई २–० को सोझो सेटले पराजित गर्दौ दोस्रो खेलमा भने कोी विद्या मीनर वाक ओभरमा विजयी भएको छ । पथरीको एभरेष्ट र कोशी विद्या विच हुनु पर्ने खेल एभरेष्ट खेल्न नआए पछी कोशी विद्या मन्दिर विजयी भएको खेल संयोजक भुपेन्द्र दाहालले बताए । त्यस्तै तेस्रो खेलमा मेरिल्याण्ड कलेजले उर्लाबारीको शिक्षा सन्देश कलेजलाई २–१ को सेटले पराजित गर्दा चौथो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई २–१ को सेटले पराजित गरेको छ ।

IMG_9607