राष्ट्रिय हक्कीको फाइनलमा गण्डकी र प्रदेश ५

  • माघ २४, २०७६
  • ४४४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरःदोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा प्रदेश ५ ले विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको निर्धारित समयमा आर्मीले केही राम्रो गोलको अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो ।
टाइब्रेकरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी डरलामीले गोल गरेका थिए भने मो.सिद्धिकको बललाई गोलरक्षकले बचाउ गरे । त्यस्तै आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरी मात्रै गोल गर्न सफल भए भने रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच प्रदेश ५ का कार्तिक गुरुङ भए ।
त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गोल गरेका थिए । २२, ३१ र ५२ औं मिनेटमा सुमितकुमार कामीले गोल गरे भने ४३ औं मिनेटमा राजन नेपाली गोल गरेका थिए । म्यान अफ द म्याच गण्डकीका गणेश ठकुना भए ।
शुक्रबार पहिलो खेल तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ भने उपाधि जितका लागि गण्डकी प्रदेश र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा एक विभागीय सहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

बीपी प्रतिष्ठानमा एक वर्षमा ४८ करोडसम्मको बेरुजु

धरानः उच्चस्तरीय कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...

धनकुटाका जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेको खुलासा

धरानः धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा जनप्रतिनिधिले कार्यालयको नाममा रहेका ...

धरानमा ४८ सहित प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ ।  २ हजार ११९ जनाक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved