इटहरी: अन्तर विद्यालय स्तरिय फुटवलको फाइनलमा लर्डबुद्ध एकेडेमीले हिमशिखर एकेडेमीलाई एक शुन्य गोलले पाखा लगाउदै विश्व आर्दश स्पोर्टस विकको फुटवल तर्फको उपाधी हात पारेको छ ।

शैक्षिक गतिविधिमा उत्कृष्ट नाम कमाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले सञ्चालन गरेको खेलकुद सप्ताह समापन भएको छ ।
खेलकुद सप्ताह विद्यार्थीहरुविच विभिन्न खेलकुदका विद्यामा प्रतिस्पर्धा गराई सम्पन्न भएको हो । खेलकुद सप्ताहमा विश्व आर्दश एकेडेमीमा अध्यननरत विद्यार्थीहरुले तेक्वान्दो ,एथलेटिक्स , बास्केटबल ,ब्याटमिण्टन ,टेवलटेनिसका साथै योगा र नृत्य विद्यामा प्रतिस्पर्धा गराइएको थियो ।

त्यसै गरी खेलकुद सप्ताहमा इटहरी क्षेत्रमा रहेका विभिन्न १२ विद्यालयहरुविच फुटवल प्रतियोगिता आयोजना गरिएको थियो । विजयी विद्यालयलाई राष्ट्यि खेलकुद परिषदका निर्वतमान सदस्य सचिव केशव विष्टले शिल्ड प्रमाण पत्र र नगद प्रदान गरे ।कार्यक्रम विद्यालयका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको थियो ।

फुटवल प्रतियोगितामा पहिलो तथा दोस्रो हुने विद्यालयहरुलाई नगद दश हजार र सात हजार समेतले पुरस्कृत गरिएको विद्यालयका प्राचार्य गणेश दुलालले जानकारी दिए । पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिदै आएको विश्व आर्दश एकेडेमीका विद्यार्थी प्रितम आर्चाय भारतीय टेलिभिजन रियालिटी शो जी टीभीको सारेगामापा लिटिल च्याम्सको उप विजेता वन्न सफल भएका थिए ।