इनरुवाः  सुनसरीको कोसी गाउँपालिकामा आजबाट वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोसी महोत्सव स्थलमा आयोजना गरिएको दोस्रो संस्करणको राष्ट्रिय कुस्ती प्रतियोगितामा आज समूह चरणका खेलहरू सम्पन्न भएका छन् ।

आज भएका प्रतिस्पर्धा मा अधिकांशजसो राष्ट्रिय खेलाडीहरूले जीत हात पारेका छन् । अघिल्लो चरण प्रवेश गर्नेमा १३ औँ सागका पदक विजेता र राष्ट्रिय स्तरका खेलाडीहरू रहेका छन् ।

प्रतियोगिता महिला र पुरुष दुई भिन्नाभिन्नै समूहमा आयोजना गरिएको छ । महिला तर्फ ५५, ६५ र ७२ केजी समूहमा प्रतिस्पर्धा गराइएको छ । त्यसै गरी पुरुष तर्फ ७०, ८६ र १२५ केजी समूहमा खेल खेलाइएको छ ।

जारी प्रतियोगितामा विभिन्न तौल समूहका ३६ खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा ४ र ६ नम्बर बाहेकका प्रदेश र एपीएफ बाहेक दुई विभागीय टोली नेपाल पुलिस र आर्मीले सहभागिता जनाएको छ ।

प्रतियोगिता अन्तर्गत फाइनल चरणका खेलहरू भोलि खेलाइने छन् ।