धरानः फागुन १० गते धरानमा हुने प्रभु बैंक धरान १० के रन आठौं नेवा च्यारिटीको प्रचारात्मक मैत्रिपुर्ण बास्केटबल प्रतियोगितामा फोटो पत्रकार महासंघ सुनसरी विजयी भएको छ ।
धरान रनको आयोजनामा भएको मैत्रीपुर्ण बास्केटबल प्रतियोगितामा फोटो पत्रकार टिमले आयोजक धरान रन टिमलाई ६७ –१७ अंकको अन्तरले पराजित गरेको थियो । धरान ८ यलम्वर बास्केटवल कोर्टमा सम्पन्न खेलमा टिमलाई जिताउनका लागि फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले व्यक्तिगत ३९ अंक र धरान रनको तर्फ वाट प्रदेश १ महिला बास्केटवल टिम सदस्य तनु राईले ११ अंक जोडेका थिए । १० के रन दौड प्रतियोगिता कार्यक्रमको प्रचारमा तिव्रता दिंदै मैत्रिपुर्ण खेलको अयोजना गरिएको धरान रनका अध्यक्ष रोमु राईले जनाए ।
मैत्रिपुर्ण खेलमा नेपाल फोटो पत्रकार महासंघ, सुनसरीका टिममा अग्रज पत्रकार जनकऋषि राई, प्रेस संगठन केन्द्रिय सदस्य देवेन्द्र कार्की, महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङ, पत्रकार महासंघ सुनसरी सदस्य धिरेन्द्र लिम्वु, पत्रकार महासंघ प्रदेश १ पार्षद गोपाल कामत, पत्रकार रामकृष्ण खड्का, प्रदेश १ महिला बास्केटवल टिम क्याप्टेन तथा राष्ट्रिय खेलाडि डा. आशा राई, लियालिशा श्रेष्ठ लगायत रहेका थिए । यसै गरि धरान रन तर्फ वाट धरान रन अध्यक्ष रोमु राई, युगल लिम्वु, कृष्ण सुनुवार, तनु राई, निरुता राई लगायतले खेलेका थिए ।
आठौ धरान रन दौड प्रतियोगितामा करिव चार हजार जनाले दौडने भएका छन् । दौडमा खुला तर्फका महिला तथा पुरुषले प्रथम, द्वितिय र तृतियले जनहि नगद ५० हजार, ३० हजार र २० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । यसैगरि १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका भेट्रान विजेताहरुले जनहि नगद ७ हजार, ५ हजार र ३ हजार, मेडल र प्रमाण प्राप्त गर्नेछ । प्रतियोगितामा हङकङ, वंगलादेश, युके र भारत वाट समेत प्रतियोगितामा सहभागि हुन आउने अध्यक्ष रोमु राईले जनाए ।