धरानःअल्फा बिटा धरान सेन्टरको आयोजनामा सम्पन्न अल्फा बिटा क्वीज मेनिया २०२० मा धरान आदर्श विजेता बनेको छ ।
शनिबार टप ६ समूहबीच भएको फाइनल प्रतियोगितामा सबैभन्दा बढी ११५ अंक ल्याउदै धरान आदर्श विजेता बन्न सफल भएको हो । विजेता बन्दै आदर्शका साहिल भुजेल र राजन थापाले नगद १५ हजार रूपैयाँ सहित ट्रफि, मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ ।
यसैगरी विष्णु मेमोरीयल स्कुल दोस्रो र धरान उच्च तेस्रो बन्दै मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ । प्रतियोगितामा विष्णुबाट अभिनव खतिवडा र उमंग भुजेल साथमा धरान उच्चबाट रीजन राई र प्रतिक घिमिरेले सहभागिता जनाएका थिए । उनीहरुलाई अल्फा बिटा धरान सेन्टरका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले पुरस्कार प्रदान गरेका थिए । फाइनलमा पुगेका सरस्वति मावि, युरेका स्कुल र विजयपुर स्कुलका सहभागिहरुलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरीएको थियो ।
उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपप्रमुख भण्डारीले प्रतियोगिताले विद्यार्थीको भविश्यमा आइपर्ने शैक्षिक अवश्यकतालाई परीपुर्ति गर्न सहयोग पुग्ने बताईन । कार्यक्रमको समापन गर्दै अल्फा बिटा धरान सेन्टरका अध्यक्ष लोकेन्द्र श्रेष्ठले आगामी दिनमा समेत अल्फा बिटा धरान सेन्टरले यस्तै अन्य विवध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।