विराटनगरः विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति ब्यामिन्टन प्रतियोगिताको पहिलो चरणका खेल सकिएको छ ।
विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलको विभिन्न इभेन्टमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ पहिलो खेलमा नेपाल पुलिसका विष्णु कट्वालले आर्मीका भोजबहादुर गुरुङलाई पराजित गरे । दोस्रो खेलमा आर्मीका रुकेश महर्जनले आर्मीकै पविन लिङथेपलाई पराजित गरे । तेस्रो खेलमा आर्मीका दिवस शंकरले बुढासुब्बा एकेडेमीका प्रनिशसिंह ठकुरी लाई पराजित गरे भने चौथो खेलमा आर्मीका नवीन श्रेष्ठले बुढासुब्बाका प्रियांसुसिंह क्षेत्री लाई पराजित गरे ।
त्यस्तै मेन्स डबलतर्फ पहिलो खेलमा आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले विराटनगरका आयुष कोइराला र प्रशान्त मैनालीको जोडीलाई पराजित गरे । दोस्रो खेलमा बुढासब्बाका पेम्बा शेर्पा र प्रियांसुसिंह क्षेत्रीको जोडीले आर्मीका भोजबहादुर गुरुङ र दिवस शंकरको जोडी लाई पराजित गरे । तेस्रो खेलमा आर्मीका रुकेश महर्जन र पविन लिङथेपको जोडीले सप्तरीका जोन जसराज र पुरज ढुंगेलको जोडीलाई पराजित गरे भने चौथो खेल बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरीको जोडीले ललितपुरका प्रदीप महर्जन र रदीप महर्जनको जोडी लाई पराजित गरे ।

Badminton 2
त्यसैगरी उमेन्स सिंगलतर्फ पहिलो खेलमा आर्मीकी अनिता गिरीले विराटनगरकी भावना गुरुङलाई पराजित गरिन् । दोस्रो खेलमा मोरङकी सीमा राजवंशीले आर्मीकी गीता राईलाई पराजित गरिन् । तेस्रो खेलमा मोरङकी निता लम्सालले मोरङकै उषा कटुवाललाई पराजित गरिन् भने चौथो खेलमा आर्मीकी अनुमाया राईले मोरङकी रोज पाण्डेलाई पराजित गरिन् ।
त्यस्तै माष्टर डबल ४५ वर्षमाथिको पहिलो खेलमा ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीले तेह्रथुमका गोपाल खापुङ र गणेश राईको जोडीलाई पराजित गरे । दोस्रो खेलमा विराटनगरका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमालको जोडीले मोरङका मनोज लाखे र रामबहादुर श्रेष्ठको जोडीडीलाई पराजित गरे । तेस्रो खेलमा सुनसरीका सुरेश कार्की र श्याम लामाको जोडीले धनकुटाका किरण प्रधान र दीपक लामाको जोडीडीलाई पराजित गरे भने मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले पाँचथरका राजेन्द्र थापा मगर र गणेश राईको जोडीडीलाई पराजित गरे ।
त्यस्तै माष्टर डबल ५५ वर्षमाथिको पहिलो खेलमा पोखर÷धादिङका रमेश भट्टचन र विष्णुलाल श्रेष्ठको जोडीले विराटनगरका रामकुमार सिंह र शम्शेर राईडीलाई पराजित गरे । दोस्रो खेलमा सुनसरीका तुलसी सुवेदी र भोजराज रखालको जोडीले मोरङका मनोज लाखे र रामबहादुर श्रेष्ठको जोडीलाई पराजित गरे । तेस्रो खेलमा विराटनगरका श्याम लामा र बलबहादुर मगरको जोडीले पाँचथरका रामवीर राई र तेजबहादुर तुम्बाखुको जोडीलाई पराजित गरे भने चौथो खेलमा खोटाङका दीपक राई कितिमान राईको जोडीले विराटनगरका डिवी राई र शरण याक्सुको जोडीलाई पराजित गरे । मंगलबार सेमीफाइनलका खेल हुने छन् ।