धरानःमोफसलकै प्रतिष्ठित २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग वुढासुव्वा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा मछिन्द्र क्लब काठमाण्डौंले फराकिलो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ ।
धरान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सण्डे फुटबल क्लब कोलकत्ता भारतलाई १–६ को अन्तरले हराउँदै मछिन्द्र अन्तिम ४ मा पुग्न सफल भएको छ । मछिन्द्रका विमल घर्तिमगरको ह्याट्रिक सँगै आधा दर्जन गोल गरेको थियो । खेलको पहिलो हाफको २१ औ मिनेटमा मछिन्द्र क्लव काठमाण्डौका स्ट्राईकर विमल घर्तिमगरले पहिलो गोल गरी आफनो समुहवाट खाता खोल्न सफल भएका थिए भने त्यस पछिको २८ औं मिनेटमा मछिन्द्रकै विशाल राई वि ले थप एक गोल गरी आफनो समुहलाई शुन्यको विरुद्ध दुई गोलले अग्रता दिलाउन सफल भए । मध्यान्तर पछिको ४८ औ मिनेटमा मछिन्द्रकै खेलाडी रोजिन सुव्वाले थप एक गोल, त्यसैगरी सोही क्लवका विशाल राई वि ले थप अर्काे गोल गरी आप्mनो समुहलाई शुन्यको विरुद्ध चार गोलले अगडी वढाउन सफल भएका थिए ।
खेलको दोश्रो हाफको ७९ औ मिनेटमा पुनः मछिन्द्र क्लवकै बिमल घर्तिमगरले थप एक गोल गरी आफनो समुहलाई शुन्यको विरुद्ध ५ गोलले अग्रता दिलाउन सफल भए भने दोश्रो हाफको ८२ औं मिनेटमा सण्डे फुटबल क्लव कोलकत्ताका खेलाडी सन्जिव बौरीले हानेको फ्रि किक गोलमा परिणत भई शुन्यबाट आफनो समुहलाई १ गोल गरी जोगाएका थिए । त्यसको लगत्तै पाँच मिनेटको अन्तरमा दोश्रो हाफको ८७ औं मिनेटमा मछिन्द्र क्लवका खेलाडी बिमल घर्तिमगरले थप एक गोल गरी आफनो टिमलाई १ गोलका विरुद्ध ६ गोलको अग्रता दिलाए ।
खेलको उत्कृष्ट गोलकर्ता सण्डे फुटबल क्लव कोलकत्ता भारतका सन्जिव बौरी घोषित भए । उनले नगद ५ हजार प्राप्त गर्न सफल भए भने खेलको म्यान अफ द म्याच मच्छिन्द्र क्लव काठमाण्डौका खेलाडी विमल घर्तिमगर घोषित भए । उनले नगद १५ हजार प्राप्त गर्न सफल भए । बुधबार (आज) हुने २२ औं टुवोर्ग बुढासुव्वा गोल्डकपको पहिलो सेमी फाईनल खेल युके एफ सी खर्साङ भारत र मनाङ मस्र्याङदी क्लव काठमाण्डौ विच हुनेछ ।