विराटनगरः असोज अन्तिम साता मोरङमा पहिलोपटक बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । ‘मिस्टर मोरङ बडी बिल्डिङ प्रतियोगिता’ असोज २८ गते हुने भएको हो । प्रतियोगितामा विजयी हुनेले नगद ५१ हजार पाउने आयोजकले जनाएको छ ।

युवाहरूलाई लागुऔषध दुव्र्यसनीबाट जोगाउने उद्देश्यका साथ पहिलोपटक जिल्लास्तरीय बडी बिल्डिङ प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ । आयोजक मोरङ शारीरिक सुगठन र फिटनेस सङ्घका अध्यक्ष अमलेश कर्णका अनुसार प्रतियोगितामा ५५ देखि ७५ केजी तौलसम्मका ५ वटा समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न साढे ४ लाख खर्च हुने आयोजकको अनुमान छ ।