धरानः मोफसल कै प्रतिष्ठित फुटबल प्रतियोगिता २२ औ अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो सेमिफाइनल खेलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रबेश गरेको छ ।
धरान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा बुधबार जारी फुटबल प्रतियोगितामा भारतको युनाइटेड खरसाङ फुटबल क्लब लाई २–० को गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रबेश गरेको हो । खेलमा मनाङका बिमल रानाले पहिलो हाफको १८ औ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयमा मनाङकै दयानन्द सिंहले दोस्रो गोल गर्दै क्लबलाई २–० को अन्तरले जित हात पार्न सफल बनाए । निर्धारित खेल समयमा युकेएफसी खर्साङ भारतले मनाङलाई निकै दबाबमा राखे पनि गोल गर्ने मौका भने चुकाएको थियो
खेलको म्याद अफ द म्याच खरसाङका आशिष देवान घोषित हुँदै नगद १५ हजार सहित ट्रफि हात पारे । खेलको उत्कृष्ठ गोलकर्ता दयानन्द सिंह भए उनले ५ हजार नगद सहित ट्रफि हात पारे ।
मनाङका खेलाडीले टेक्नीकल हिसाबमा खेल प्रदर्शन गरेकै कारण जित हात पारेको मनाङका प्रशिक्षक फुजा टोपेले दाबी गरे । एक दिन मात्रै आराम गरेर खेलेकाले खर्साङसँग निकै सामना गर्न गाह्रो भएको उनको भर्ना छ । यता पाहुना टोलि खरसाङ फुटबल क्लबका प्रशिक्षक उर्गेन लामाले टिम दार्जिलिङ डिष्ट्रीककै उत्कृष्ट भए पनि केही जुनियर खेलाडी भएर पनि थोरै कमजोर भएको प्रतिक्रिया दिए ।
प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल विहिबार नेपाल पुलीस क्लब काठमाण्डौ र मछिन्द्र क्लब काठमाण्डौ बीच हुने भएको छ । गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ठ खेलाडीले होण्डा कम्पनीको एक थान डियो स्कुटी हात पार्नेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ स्ट्राइकर, उत्कृष्ठ प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने जनाइएको छ ।