धरानः प्रदेशकै प्रतिष्ठित मानिएको २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लब काठमाण्डौले उचालेको छ । यस संस्करणको जित सँगै मनाङ चौथो पटकको विजेता बन्न सफल भएको छ ।
धरान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा भएको गोल्डकपको फाइनलमा खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबलाई ३–१ को अन्तरले उपाधि हात पारेको हो । संस्करणको उपाधि संगै मनाङले १० लाख रुपैया सहित ट्रफि ात पारेको छ भने उपविजेजा बनेको पुलिसले ५ लाख नगर पुरस्कार सहित ट्रफिमा चित्त बुझाएको छ ।
खेलमा पहिलो हाफको ११ औं मिनेटमा मनाङका दयानन्द सिंहले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । पहिलो हाफ निकै प्रतिष्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ३ मिनेटमै पुनः मनाङको तर्फबाट निशान लिम्बुले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको २१ औं मिनेटमा पुलिसले पेनेल्टी पाए पछि भोला सिलवालको पेनेल्टी प्रहार गोलमा परिणत भए पछि २–१ ले अन्तर बनाएका थिए । खेलको अन्तिम थप समयमा पुनः मनाङका तर्फबाट विमल रानाले गर्दा ३–१ को अन्तरले विजयी भएको छ ।
खेलको उत्कृष्ट गोलकर्ता मनाङका बिमल राना घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी फाईनल खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे । ब्यक्तिगत पुरस्कार तर्फ मनाङ मस्र्याङदी क्लबका अशोक बरालले बेष्ट गोल रक्षक, बेष्ट डिफेण्डको पुरस्कार नेपाल पुलिस क्लबका सुमन सुबेदी, बेस्ट मिडफिल्डरको पुरस्कार मनाङका पुजन उपरकोटी, बेष्ट फर्वाडको पुरस्कार नेपाल पुलिसका जुमानु राई, बेष्ट कोचको पुरस्कार मनाङका फुजा टोपेले प्राप्त गर्दै जनही २५ हजार रुपैया नगर पुरस्कार सहित ट्रफि हात पारे । प्रतियोगिता अवधिभरको सर्बाधिक गोलकर्ता मनाङका दयानन्द सिँहले भए । उनले खेल अबधिभर ४ गोल गरेका थिए । उनले नगद ३५ हजार प्राप्त गरे । राईजिङ प्लेयरको पुरस्कार धरान फुटबल क्लबका खेलाडी रिबस मास्केले जिते । २२ औं सँस्करणको उत्कृष्ट खेलाडी मनाङका सुरज बिकले प्राप्त गरे । उनले होण्डाको डिओ स्कुटर प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगिताको अवसरमा धरानमा दुई पत्रकार पुरस्कृत भएका छन् । बुढासुब्बा गोल्डकपको उत्कृष्ट समाचार लेख्ने छापा र बिद्युतिय माध्यमका दुई जना पत्रकारलाई धरान फुटबल क्लबले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा धरानका प्रदिप मेन्याङबो र शिशिर राइ रहेका छन् ।