इलाममा जारी माइभ्याली गोल्डकप : मच्छिन्द्र फाइनलमा

  • फाल्गुन २१, २०७६
  • १३३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इलाम: शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

खेलको १९औँ मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २१औँ मिनेटमा रजिन धिमालले प्रहार गरेको कर्नरमा मच्छिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमेडेले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । मच्छिन्द्रका रजिन सुब्बाले नै खेलको ८७औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दि म्याच’ मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै रु १० हजार प्राप्त गरे । यससँगै माइभ्यालीको छैटौँ संस्करणबाट चारवटै विदेशी टिम बाहिरी सकेका छन् । बिहीबार आयोजक माइभ्यली फुटबल क्लब र त्रिभुवन आर्मीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यही फागुन २४ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

कोरोना रोकथाममा अवका ...

काठमाण्डौंः  सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएक ...

थर्मल गनको कालोबजारी ...

इटहरीः विश्वमा कोरोना संक्रमणको महामारी भईरहेको बेला थर्मल गनको कालोबजारी गरीरहेको अवस्थामा प्रहरीले ...

नेपालमा कोरोनाभाइरस ...

इटहरीः विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved