इटहरीः प्रशासक, राजनीतिज्ञ एवं लेखक, साहित्यकार भुईदल राईको बुधबार निधन भएको छ । उनको इटहरी स्थित आफ्नै निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो ।
भोजपुरमा तत्कालिन प्रथम जिल्ला सभापति , सगरमाथा अञ्चलका प्रथम अञ्चल निर्देशन अधिकारी  ,लेखक तथा साहित्यकार उनि भोजपुरको हतुवागढीका हुन् । हतुवागढीका ऐतिहासिक पात्र भुईदल तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य थिए । निकै साहासिक व्यक्तिका रुपमा परिचित उनि लामो समय धरानमा पनि बसेका थिए । लेखनमा अत्यन्त सक्रिय राईको थुप्रै पुस्तकहरु प्रकाशित छन् । समसामयिक बिषयहरुमा निरन्तर लेख तथा रचनाहरु सृर्जना गरिरहन्थे । स्वर्गीय राईको अन्त्येष्टी आज धरानमा गरिने बताइएको छ ।
स्वर्गीय राईका छोरा गंगाराजका अनुसार कुल ९२ वटा पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय भुईदलको इतिबृत्ति नामक पुस्तक तयारी भएपनि लकडाउनले गर्दा प्रकाशित हुन नपाएको छोरा गंगाराजले बताए । स्वर्गीय राई आफ्नो नाम भुइँदल राईलाई बान्तावा भाषामा उल्था गरेर आफ्नो नागरिकतामा समेत पुनः संशोधन गर्ने साहसिक व्यक्तिकोरुपमा पनि परिचित थिए ।

92342892_3133233813407208_4021797699413082112_n
यसैबीच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले स्वर्गी भुइदल राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीति क्षेत्रबाट मात्र नभएर साहित्य, लेख र समसामयिक रचनाहरुमार्फत नेपाली समाजलाई मार्गदर्शन गर्ने व्यक्तित्वको निधनको खबरले आफुलाई स्तब्ध बनाएको पनि उल्लेख गरेका छन् ।