पुलिसले लाठोले गोद्ने 
मन्त्रीले स्पष्टीकरण सोध्ने
मन्त्रीसामु शिर झुकाउनुपर्ने
सत्य विवरण लुकाउनुपर्ने
औषधी नभए पनि छ भन्नुपर्ने
जस्तो आदेश आए नि ल भन्नुपर्ने 
औषधीविना उपचार गर्नुपर्ने
आफैंलाई रोग सरेर मर्नुपर्ने
हाकीमलाई घीऊ घस्नुपर्ने
बांचुन्जेल करारमा बस्नुपर्ने ?
डाक्टरभन्दा जान्ने रेडियो टिभीहरू
जान्दै नजानी बोल्ने बुद्धिजीवीहरू
सबै कुराका ज्ञाता पत्रकारहरू
राजनैतिक षड्यन्त्रका रचनाकारहरू
लूटाहा, फटाहा, भिखारी, जोगीहरू
घुस्याहा र रज्यकोषका भोगीहरू
राज्यकोष बाँड्नु सेवा मान्ने ढोंगीहरू
झिटी बेचेर मदिरापान गर्ने रोगीहरू
सबैको उपचार डाक्टरले गर्नुपर्ने
त्यो डाक्टरले करारमा नै मर्नुपर्ने ?
निको पारे भन्छन् डाक्टरले लूट्छन्
मर्यो भने फेरि डाक्टरलाई नै कुट्छन् 
डाक्टरले बाबु मारेको दोष लाउँंछन्
छोरानाती त्यहीं जँचाउन आउँछन् 
मरेपछि पनि डाक्टरकैमा धाउँंछन् 
पोष्ट्मार्टम गर्न डाक्टरलाई लाउँंछन् 
डाक्टरबिना बाँच्ने कसैको आँट छैन 
डाक्टरलाई जस दिने कसैको छाँट छैन 
औषधीको कमिसन आफू पचाउने 
तेस्तालाई डाक्टरले किन बचाउने ?
                    
        
        
                            
                                                            
        



















