तिमीलाई लिएर संसारभर
कुन कुन भाषामा
कति काब्यहरु रचिए ?
कुन कुन छन्द र लयमा
कति लेखिए कविता ?
कस्ता कस्ता धुनहरु हालेर
कतिले भरे संगीत ?
कस्ता कस्ता शब्दहरु समेटी
कतिले गाए गीत ?
मलाई यस्को हेक्का छैन ।

के के भनेर गरे
तिम्रो सुन्दरताको वर्णन ?
कसरी लेखे
तिम्रो संघर्षहरुको कथा ?
कुन कुन शब्दहरुले गाए
तिम्रो ममताको महिमा ?
कसरी अटाए
तिमिलाई अक्षरहरुमा ?
कस्तो अर्थ लगाए
तिमीले पिलाएको प्रेमसुधाको ?
कसरी कसरी तिरे
तिम्रो त्यागको कर्जा ?
मलाई यो पनि थाहा छैन ।

तर यति थाहा छ
कुनै शब्दमा समेटेर नअट्ने
कुनै बाक्यहरुले वर्णन गरेर नसकिने
कुनै अर्थले अर्थ्याएर नपुग्ने
कुनै तराजुमा तौलेर पार नलाग्ने
निस्वार्थ बगीरहने
एउटा सुन्दर सरिता
कहिल्यै नटुट्ने
ममताको अटुट मुहान
कहिल्यै नसुक्ने
स्नेहको एउटा सुवर्ण सिन्धू
कुनै बिम्बमा उतार्न नसकिने
एउटा दिब्य बिभा
सन्तानको रक्षामा
सदा तैनाथ
एउटा अटल सागौन
सुन्दरताको एउटा
पुर्ण संरचना
सृष्टिको एउटा
अप्रतिम रचना
त्यी हुन आमा
आमा १
आमा ११
आमा १११
बस्
तिम्रो बयानमा
यी दुई शब्दनै काफी छ
जसको कुनै पर्याय छैन ।