रहर भिजेको मौसम

  • बैशाख १७, २०७७
  • ३६४ पटक पढिएको
  • तारा पराजुली
alt


घर सम्झेर आएको थिएं
घरभित्रै बेघर भएँ
सपना खोज्दै मुग्लान पुगेको म
पसिनासँग एउटा सानो छानोँ साटेँ
दुई गजजस्तो करेसाबारी जोडेँ
भर्खरै स्कुल जान थालेको छोरालाई
सानो झोलामा अट्ने अलिकति रहर किन्दैथिएँ ।
मानौं,बल्ल जीवनको लय मिलाउँदैछु।
आँधीले घरभन्दा पहिले मन बगाउँदो रहेछ
आज दस बर्षपछि
अचानक हुरीले रुखबाट पात झारे झैं
जीवनमा अनौठो आँधी आयो
नरोकिने गरि मुटु ढकढक बनायो
बाँच्ने रहर जीउँदै बोकेर
दस बर्षपछि
कहिल्यै नफर्कनेगरी मैले मुग्लान छोडें।
धेरैजसो आशाहरु त
लगभग उतै विलाइसकेका थिए
रापको बरफ जसरी
विलाएर बग्दै जाँदा पनि तरल मनले
ओरालोमा घरै सम्झेको थिएं
थोपा थोपा भित्र पीडा बग्दै थिएँ
सपनाहरु थोरै मात्र बाँचेका थिए
रहरका रङ उडेपनि
विश्वासका मसिना जुइनाहरु बचाएर
आइपुगेको हुँ बल्लतल्ल घरसम्म।
अक्सर हिड्ने बेलाको साइत भनिन्छ
म हिँडेको दिन
कुनै कौवाले अपमानको सन्देश बोलेन
लामो बाटो,तिरस्कारको कुनै संगीत बजेन
बाटोमा खाली गाग्रो बोक्ने कुनै पधेर्नी भेटिनं
चुपचाप रेलका लिगहरु
सुनसान एक्लो सडक
सडकमाथि गन्तव्य सम्झेर
सप्तकोसी झैँ सुसाइरहेको एक्लो बटुवा
आफैंले भोगेको दुस्खको कथाजस्तै लामो बाटो
लगभग तेर्ह दिन भोकै पैदल हिंडेर आइपुगेको हुँ मोटर गुड्ने बाटैबाटो हिंडेर
आफ्नै पसिना र माटो मुछेर बनाएको कच्ची घर।
भोक लाग्दा एक पेट खान नपाएपनि
तिर्खाले घाँटी सुक्दा एक घुंड्को पानी नभेटेपनि
थकानले शरीर गलिसक्दा
त्रासले मन जलिसक्दासमेत
निर्दयी शिकारीले लखेटेको चरा झैँ
महामारीले खेदिएर जीउ जोगाउनै भनेर
घिस्रंदै आएको हुँ तिम्रो प्रेम सम्झेर यहँंसम्म।
आफ्ना सम्झेर आएको थिएं यहाँसम्म
आफ्नाहरुबाटै पराइ भएँ
घर सम्झेर आएको थिएं
घरभित्रै बेघर भएं।
आमा बा भन्दै
प्रेम र आशिर्वादको हात सम्झेर आएँ
दौँतरीहरु सम्झेर आएको थिएँ
छहारी दिने चौतारी बन्लान् भनेर
न आशिर्वादको हात पाएँं
न पाएं दौंतरीको चौतारी
यहाँ आएपछि त
नामुद अपराधी जस्तो अपमान पो आएँ
म निरपराध मान्छे
बर्शौपछि कति धेरै खुशी बोकेर घर पुगेको हुँ
तर निरस बगर बाँचें
बिना झरि रहर ओताउने छानो चुहिएर
एक्लै एक्लै घरभन्दा प.....र थोत्रो याक्साभित्र
खुला आकाश ओडेर बसें
आधा जलिसकेको वर्तमान ओछ्याएर तन्द्रा बाँचे
समाजको सुख्खा र कठोर निगरानीभित्र
पटक पटक स्पष्टीकरण दिंदै
आफ्नै पंखेटाहरुलाई धिक्कारीरहें
लाग्छ,म टेबलमाथि कसैले राखेको
रङ्गहीन पेपरवेट हुँ
थुप्रै थुप्रै उपयोगी फाइलहरुको सुरक्षा गर्नु छ मैले।
तपाईंलाई थाहा छैन होला!
यो बेला तपाईं मसँग डराउँनु हुन्छ
म तपाईंसँग डराउंछु
कृपया,यसबेला मलाई
परैबाट अलिकति प्रेम र विश्वास दिनुहोस्
मभित्र आफैंभन्दा अग्लो विश्वास बाँचिरहेको छ
सत्य हो,म सन्चो र निरोगी मान्छे
अचेल तपाईंको मधौरो व्यवहारले मात्र
बिरामी जस्तो देखिएको हुँ ।

प्रतिक्रिया दिनुहोस

सर्जकका सृजना भाग १ः ...

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदे ...

पुर्वी पहाडमा गोलिया ...

इलामः पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकीए पछि यतिबेला क ...

धरान १७ का ३० वर्षीय ...

धरान:धरानमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका ए ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved