इटहरीः पार्टीको सिद्धान्त, निती र पद्धती भन्दा बाहिर गएर स्वच्छाचारी तरिकाले अब कसैले बोले पार्टीले कार्वाही गर्ने नेकपा इटहरीका इन्चार्ज केशबकुमार बिष्टले बताएका छन् । उनले कसैलाई त्यसरी चल्ने छुट नभएको बताए ।


इटहरीका मेयर द्धारिकलाल चौधरीले जथाभावी बोलेपछि आएका विवाद र पछिल्लो इटहरीको नेकपाभित्रका गतिविधिका बिषयमा प्रदेश पोर्टल डटकम संग कुराकानी गर्ने क्रममा नगर इन्चार्ज बिष्टले सो कुरा बताएका हुन् ।

उनले व्यक्ति विशेष कारण नगरमा देखिएको विवादका बिषयमा पार्टीको गम्भिर ध्यानकर्षण भएको बताए । व्यक्ति पार्टी भन्दा फरक ढंगले चल्न खोजेका कारण इटहरीमा पटक पटक विवाद उत्पन्न भईरहेको बिष्टको भनाई छ,। उनले भने–‘स्वच्छाचारी तरिकाले अब कसैले पनि चल्न पाउँदैन । पार्टीको सिद्धान्त भन्दा बाहिर जाने र आफ्नो ढंगलेचल्ने जो कोहीलाई अब पार्टीले कार्वाही गर्छ । अब पार्टीका नेतृत्व गर्ने सबै तहका जिम्मेवार नेताहरु चुप लागेर बस्ने छैनन् ।’

उनले यसअघि जे जसो भएपनि अब अब पार्टी निरिह हुने र व्यक्ति बलियो हुने काम कुनै पनि हालतमा हुन नदिने बताए । दुई पार्टी बिच तल्लो तहसम्म एकिकरण भइनसकेकाले पार्टीको कमिटिगत प्रणाली कमजोर भएकाले पार्टीमा स्वच्छाचारी प्रवृति बढ्दै गएकाले समस्याहरु आएको उनले बताए ।

उनले विधि र प्रणाली अनुसार व्यक्ति नचलेका कारण समस्या आएको बताए । उनले मेयर चौधरीको पछिल्लो अभिव्यक्ति प्रति संकेत गर्दै भने –‘व्यक्तिको संस्कार, आचरण, संगत र व्यक्तिगत प्रवृतिका कारण विवादित हुदै आएको हो । अब इटहरी सरकारको नेतृत्व गर्नेले पनि आफ्ना आचरण, व्यवहार, प्रवृति सुधार गर्न जरुरी छ । सच्चिएर अगाडी बढ्नु विकल्प नै छैन् ।’
इटहरी सरकारको नेतृत्वगर्नेहरुबाट राम्रा कामहरु पनि भएका छन् । इटहरीको मुहार फेर्नका लागि पार्टी र नगरवासीमा गरिएको योगदान वहाँहरुको कम छैन् । तर वहाँको स्वच्छचारी प्रवृतिका कारण धेरै गुणहरु ओझेलमा परेका छन् ।

९९ वटा राम्रा काम भएका छन् । १ प्रतिशतको गल्ती सधै विवादित हुदाँ त्यसले व्यक्ति स्वय्मलाई समेत नोक्सान हुने काम भईरहेको बिष्टले बताए । यो कुरा सबैले बुझेर आफुले आत्मसमिक्षा गरि सच्चिएर अगाडी बढ्न जरुरी रहेको उनको भनाई छ ।
उनले नेतृत्वकर्ताहरुले केही कमिकमजोरी गरि हाले त्यसलाई पार्टी सिद्धान्त र पद्धति अनुसार पार्टी भित्र ल्याएर छलफल गर्नुको साटो पार्टी भित्रकै जिम्मेवार व्यक्तिहरुले त्यसलाई बढाई दिने , नेतृत्वका बिचमै आशंका पैदा गर्ने खालका भूमिका खेल्ने कार्य गर्दापनि इटहरीमा विवादहरु देखिएको बताए ।

उनले भने –‘कुनै गुनासा समस्या भए राख्ने ठाँउ भनेको पार्टी कमिटीमा हो । तर पार्टी कमिटीमा कहिले नै दर्ज हुदैन । पार्टी नेतृत्वमा छलफल नै हुदैन । त्यो कुरा चाँही क्यामेरामा , मिडियामा आउछ । यस्तो प्रवृति हावी हुनु गलत हो । यसले भोलिको पुस्तालाई राम्रो सन्देश दिदैन । अरुलाई आरोप लगाउनु भन्दा अगाडी हजारचोटी सोच्नु पर्छ । भोलि पुष्टि गर्नु पर्यो भने आधार के हो त ? भन्ने कुराको पनि विचरा पुर्याउन जिम्मेवार नेताहरुले विचार पुर्याउन जरुरी छ ।’

कसले टिकट दिएन, कसले खुवाएन, पिलाएन, कसले नमस्कार गरेन भनेर जथाभावी बोल्न कसैलाई छुट नभएको उनले बताए । उनले जिम्मेवार नेताले बोलेको कुरा धेरैले ध्यान पुर्याइरहेको हुने हुनाले भोलिका दिन पुष्टि हुन नसके त्यसले बोल्ने नेतालाई नै ठूलो नोक्सान पुर्याउछ, यो कुरा सबैले बुझ्न जरुरी रहेको बिष्टले बताए । उनले आफ्ना कुरा जहाँ कहि राख्दा जिम्मेवार भएर राख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गरेका छन् ।

उनले मेयर उपमेयर बिचमा बाहिर आए जस्तो विवाद नभएको दावी गरे । बिष्टले भने–‘वहाँहरु बीच केही समययता संवादहिनताको वातारण सृजना भएको साँचो हो । मेरै पहलमा इटहरी सरकारका जिम्मेवार व्यक्तिहरुले यसो गर्न मिल्दैन भन्ने कुरा राखेर वहाँहरु बीच संवादको थालनी गराएको छु । पहल अनुसार वहाँहरुले बीच दुई तीन चरणमा संवाद पनि भएको छ । अब पहिलाको जस्तो अवस्था वहाँहरु बीच आउने छैन भन्ने मेरो विश्वास हो ।’


उनले मेयर उपमेयरले विवाद होइन, मिलेर जानुको विकल्पै नभएको बताए । उनले अबको समय भनेको इटहरी सरकारको जिम्मेवार स्थानमा रहेका मेयर उपमेयर मिलेर इटहरीको विकासमा समय खर्चनु पर्नेमा जोड दिए । उनले दुवै जनाले रुपान्तरण हुन पनि आवश्यक रहेको बताए । पछिल्लो समय पार्टीको निर्देशनलाई पनि मेयर उपमेयरले गम्भिरता पूर्वक लिनु भएको छ भन्ने आफ्नो बुझाईरहेको र पुःन पहिलाको अवस्था सृजना नहुनेमा आफु ढुक्क रहेको नगर इन्चार्ज बिष्टले बताए ।

इटहरी सरकार प्रमुखसंग जोडिएका घटनाक्रम लगायतका बिषयमा इटहरी नगर कमिटिका ७ जना सदस्यहरुले पार्टी र नेतृत्वप्रति चिन्ता राखि निवेदन दिएकाले ती लगायत अन्य बिषयमा छलफल गर्न यहि आउने बिहिबार पार्टीको सचिवालय बैंठक राखिएको बिष्टले बताए । बैंठकले यस्ता धेरै बिषयलाई गम्भिरता पूवर्क छलफल गर्ने र एउटा निकास निकाल्ने उनले बताए । बैंठकमा इटहरी सरकारको ५ बर्षे कार्यकालमा आधा समय बेथित गरिसकेको र उसले यो अवधिमा गरेका कार्यहरुको समिक्षा पनि बैंठकमा हुने उनले बताए ।

त्यस्तै अबको बाँकी समयका इटहरी सरकारले अबलम्बन गर्नुपर्ने कार्यहरु र आउँदो आर्थिक बर्षका लागि बन्ने इटहरी सरकारको बजेटमा बारेमापनि बैंठकमा छलफल हुने उनले बताए । सचिवालय बैंठक दुइ समूहमा बिभाजन गरेर हुने छ । बैंठकमा कोरोना संक्रमण रोगथामका बिषयमा भईरहेका कार्य , राहत वितरण लगायतका बिषयमा पनि छलफल हुने उनले बताए ।


उनले इटहरीलाई कसरी सुन्दर, शान्त र संमृद्ध बनाउन सकिन्छ भन्ने तर्फ चाँही चिन्तन गर्न सबैलाई आग्रह गरेका छन् । साना तिना कुरामा अल्झिएर इटहरी विकासको जनताको चाहनालाई नेतृत्वमा रहनेले पनि बुझ्न पर्ने बताए । अब इटहरीलाई कस्तो बनाउने हो ? कति बर्षमा कस्तो अवस्थामा लैजाने हो ? भन्ने बारे सबैले सोच्न जरुरी भईसकेको बताए ।

उनले अबको २० बर्षमा इटहरीलाई नेपालकै तेस्रो ठूलो शहर बनाउन सकिने दावी गरे । त्यसका आधारहरु धेरै नै रहेको तथ्य आफुसंग रहेको बताए । २० बर्षमा इटहरीका तेस्रो मेघासिटी बनाउनका लागि नेतृत्व पनि त्यही अनुसारको हुन पर्ने जरुरी रहेको बताए ।