धरानः रुकुम पश्चिममा जातीय विभेद कारण ६ जनाको हत्यामा संलग्नहरुलाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन शनिवार पनि शान्तिपुर्ण आन्दोलन भएको छ । उपेक्षित उत्थान सरोकार केन्द्र धरानले आयोजना गरेको कार्यक्रममा धरानका सबै राजिनितिक दल, नागारिक समाज, सामाजिक संघसंस्था र सयौँ मानिसको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेस वडा नं ८ अध्यक्ष उमेश पौड्याल, लिम्बुवान मञ्चका पर्शुराम वाइवा, जनता समाजबादी पार्टीका भगिरथ राई र दलित विकास समिति धरानका सचिव तारा लामगादे साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खगेन्द्र नेपाली, गंगा कालिकेटे, जुद्ध लोहनी, प्रेम लकान्द्री, सावित्रा परियार लगायतले सम्बोधन गरेका थिए ।
सचिव तारा लामगादेले कार्यक्रमको संमबोधन गर्दै भने, हामीले मानव भएर बाच्न पाउनुपर्छ भनि शान्तीपुर्ण आन्दोलन गर्दै राजयलाई खवरदारी गरिरहेका छौ, राज्यले यसलाई बेवास्ता गरि दोषीलाई कार्वाही र पिडितलाई न्याय नदिलाए धरानमा बिसौँ हजार मनिस रोडमा आउने ७० लाख दलित तथा गैरदलितहरु रुकुम गई घेरा गर्ने चेतावनी दिएका छन् ।
कार्यक्रम निरन्तर विभेद विरुद्धको अभियान अन्तरगत धरान ८ बरगाछी रानी पेट्रोल पम्प भएको संस्थाकी अध्यक्ष रेणुका विश्वकर्माले वताएकी छन । साथै यो अभियान दोषीलाई कार्वाही नहुन्जेल निरन्तर चलिरहने र यस घटनालाई कुनै पनि रंग मिसाएर ढाकछोप गर्न खोजे शान्तीपुर्ण अभियानले उग्र रुप लिने पनि वताएकी छन ।
रुकुममा जेष्ठ १० गते नवराज विक सहित ६ जनाको हत्या भएको हो । घटनामा संलग्न डेढ दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गृह मन्त्रालयले पनि सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिसकेको छ । मल्ल थरकी युवतीसँग प्रेम सम्बन्ध भएका नवराज विश्वकर्माले साथीहरुसहित उनलाई लिन गएको बेला गाउँलेहरुले आक्रमण गरेका थिए । घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराजसहित ५ जनाको मृत्यु भएको छ भने १ वेपत्ता रहेका छन् ।