इटहरीः इटहरी उसु क्वानको आयोजनामा इटहरीमा भएको इन्डो नेपाल उसु प्रतियोगितामा इलाम जिल्ला पहिलो बनेको छ । इलाम ३ स्वर्ण, ३ रजत र ३ कास्य सहित पहिलो बनेको हो ।

इलामका विमल नेम्वाङ, विजय नेम्वाङ र निरोज राईले क्रमशः ४५, ४८ र ५२ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यस्तै,आयुषा नेम्वाङ, रेनिसा लिम्बू र चन्द्र लिम्बूले रजत पदक जितेका थिए । आयुषा ४५ केजी, रेनिसा ४८ केजी र चन्द्र ६० केजी तौल समूहबाट प्रतिष्पर्धामा उत्रिएका थिए ।

पहिलो भएको इलामले नगद २५ हजार र ट्रफी पाएको थियो । प्रतियोगितामा झापा दोस्रो र मोरङ तेस्रो भएका थिए ।
सो प्रतियोगितामा नेपालका ८ वटा टिम र भारतका ४ वटा टिम सहभागी भएको आयोजकले जनाएको छ ।