इटहरीः प्रगति समाज सेवा क्लब इटहरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता यस वर्ष असोज २५ गतेदेखि हुने भएको छ ।

असोज २७ गतेसम्म प्रतियोगिता हुने क्लबका अध्यक्ष बिक्रम थापाले जानकारी दिए । क्लबले प्रत्येक वर्ष दशैं तथा तिहारको अवसर पारी भलिबल प्रतियोगिता गर्ने गरेको जनाएको छ ।

चौथो संस्करणको प्रतियोगितामा नेपालका विभागीय टिम नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित १० टिमको सहभागिता हुने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यस वर्षदेखि पुरस्कार राशीमा पनि वृद्धि गरिने आयोजकले जनाएको छ । प्रतियोगिता क्षेत्रीय रङ्गशालामा हुने आयोजकको भनाइ छ ।