इटहरीः इटहरीमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने क्रिकेट प्रतियोगिता सेभ ह्युमेन एन्ड ह्युमानिटीले आयोजना गर्ने भएको हो ।
इटहरी ग्रिन सिटी क्रिकेट क्लबको सहआयोजनामा हुने प्रतियोगितामा विजयी हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका सर्वाेत्कृष्ट बलर, ब्याट्समेन र मेन अफ द सिरिजलाई पनि ट्रफी र प्रमाणपत्र दिइने प्रतियोगिताका संयोजक आशिष कार्कीले बताए ।
पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा पुरस्कार राशी बढाइएको छ । गत वर्ष इटहरी क्रिकेट एकेडेमी विजयी हुँदै २५ हजार रुपैयाँ पाएको थियो भने उपविजेता आयोजक सेभ ह्युमेन एन्ड ह्युमानिटीले १५ हजार रुपैयाँ पाएका थिए । प्रतियोगिता इटहरीको डिभिएम स्कुल परिसरमा हुने आयोजकले बताएको छ ।
दशंैतिहारको पूर्वसन्ध्यामा आयोजना गरिएको प्रतियोगिताले चाडबाड र खेललाई सँगै जोड्ने लक्ष्य लिएको कार्कीले बताए ।