इटहरीः प्रदेश नम्बर १ का बिभिन्न जिल्लाका १ सय ४ जना ब्यक्तिहरुले मृत्यूपछि छाला दान गर्ने घोषणा गरेका छन । लायन्स क्लव अफ इटहरी सिटीकी कृष्टिना थापाको पहलमा एक हप्ताकै अवधिमा १सय ४ जनाले छाला दान गर्ने इच्छा जनाएका हुन् ।
छालादान भनेको मृत्यूपछि छाती, पाखुरा,तिघ्रा ,पिडुला र ढाडवाट पातलो झिल्ली निकाल्ने प्रकृया हो । एउटा मानव शरीरवाट दान गरेको छालावाट गहिरो जलन भएका ३ देखि ४ जना विरामीको उपचारका लागि मद्दत गर्न सकिन्छ । तर छालादान १६ बर्ष भन्दा मुनिका, एचंआईभि-एड्स, हेपटाइटिस , छालाको रोग भएका ,संक्रमण भएर मृत्यु भएका र कमलपित्त्त भएर मृत्यु भएका ब्यक्तीहरुले गर्न मिल्दैन । छालादान मानिसले आफ्नो मृत्युपछिका लागि ईच्छापत्रमा हस्ताक्षार गरेर तथा मृत्युपछि परिवारका सदस्यहरुको सहमतिमा ,मृत्यु भएको ६ घण्टा भित्र र बर्फमा राखिएको शरिरमा २४ घण्टा भित्र छालादान गर्न सकिने सदस्य थापाले वताइन ।
नेपालमा विभिन्न कारणले जलन हुने विरामीको संख्या वढदै गएका कारण लायन्स क्लव आफ इन्टरनेशनल डिस्ट्रिक ले सन २०१८-१९ देखि छालादानलाई आफ्नो प्रमुख कार्यको रुपमा प्राथमितामा राखि अगाडि बढाएको छ । । क्लवले प्रत्येक वर्ष Skin Donation/ Skin Bank Chief तथा District Chairperson मनोनयन गरेर जिम्मेवारी दिई छालादान सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको छ ।
नेपालमा स्किन भारतबाट भित्राउने गरेको छ, जसले गर्दा बढी खर्च हुने र बिभिन्न कागज पत्रमा झमेला हुने गरेको छ, यही समस्याहरु न्युनिकरण गर्न वार्षिक हजारौको संख्यामा छालादानका लागि ईच्छापत्रमा प्रतिवद्धता जनाउने गरेका छन ।त्यसैले छालादान गर्न इच्छुक हुनुका साथै लाई पनि प्रेरित गरौ। मृत्यूपछि छालादान गर्न इच्छा हुने पूर्व क्षेत्रका ब्यक्तिहरुले इच्छापत्र भर्नका लागि लायन्स क्लव अफ इटहरी सिटिका अध्यक्ष लोकेन्द्र ढकाल ९८४२१७६५२९ वा सदस्य कृष्टिना थापा ९८०२७८२३३३ मा सम्पर्क गर्न सकिने क्लवले जनाएको छ ।