उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

  • आश्विन २३, २०७८
  • २०८ पटक पढिएको
  • नमीन ढकाल
alt

इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिजो सम्पन्न सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रह्यो । दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३÷३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसंगै दार्जिलिङले कम्तीमा १६ हजार रुपैया सुरक्षित गरेको छ ।

244598573_404371307946284_357368763504827204_n

त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा इलामले सूर्योदयलाई १४–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो । इलामको जीतमा नगेन्द्र लिम्बूले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २÷२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे । सूर्योदयको तर्फबाट शरण राईले सान्तवना गोल फर्काए । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा जारी प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागिता रहेको थियो ।

244598574_418661249676303_4380591777301144381_n

 

प्रतिक्रिया दिनुहोस

दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारीमा सरकार

काठमाडौँः नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ । ...

नेकपा एसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम इटहरीमा हुने

इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथ ...

दुहबीमा दुईसहित प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved