केन्द्रिय बैँकको निर्देशन बैँकहरुलाई एटिएमको बुथ खुल्ला राख्नु, सेमिनार गोष्टि सकभर भर्चुअल गर्नु

  • पुस २६, २०७८
  • ३४६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरी :कोभिड १९ को प्रकोप पुन बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सचेत भएर कारोबार गर्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक निर्देशन जारी गर्दै नेपाल संक्रमणको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सतर्कतासहित बैंकिङ गतिविधि गर्न भनेको छ ।

४ बुँदे कोभिड सर्तकतासम्बन्धी निर्देशन सहित केन्द्रिय बैँकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनाशक्ति र सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न भनेको छ । सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न बैंक वित्तिय संस्थालाई निर्देशन दिएको छ भने बैंक वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरूबाट संक्रमण फैलिन नदिन ढोका खुला राखी सेनिटाइजरको व्यवस्था गर्न भनिएको छ ।nrb
साथै, बैंक वित्तीय संस्थाबाट सञ्चालित बैठक, गोष्ठी सेमिनार, तालिमजस्ता कार्यक्रमहरू भौतिक दूरी सुनिश्चित गरी गर्न वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved