बेलबारी: पहिलो कविता कृति ‘पाठेघर’ बाट राम्रै प्रशंसा बटुलेकी कवि बादल चाम्लिङ फेरि नयाँ कविता कृति लिएर झुल्किएकी छन् । उनको नयाँ कृति ‘वीर्य जमीन’ को होमलन्च शुक्रबार मोरङको बेलबारीमा गरिएको छ ।
स्रस्टा समाज बेलबारी र बेलबारी विकास समितिद्वारा आयोजित कार्यक्रममा सो कृति सार्वजनिक गरिएको हो । कवि तथा बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पराजुली, स्रस्टा समाजका अध्यक्ष हर्कमान तामाङ, समालोचक आचार्य ‘अ’ तथा कवि चाम्लिङले एकसाथ कृति सार्वजनिक गरे ।
कार्यक्रमका वक्ता आचार्य ‘अ’ ले कवि चाम्लिङलाई यो ‘वीर्य जमीन’ ले अर्को उचाइमा पु¥याउने धारणा राखे । कवि चाम्लिङ सफल कविका रूपमा स्थापित भइसकेको बताउँदै उनले उनको कवित्वबारे बोल्नुभन्दा कविता पढ्नुपर्नेमा जोड दिए । कवि चाम्लिङले अन्य क्षेत्रमा जस्तै लेखनमा पनि नारीहरूले व्यावहारिक कठिनाइहरू भोग्नुपरेको बताउँदै आपूmजस्तो एउटी गृहिणीलाई यो धरातलमा ल्याउने आमपाठक तथा शुभेच्छुकहरू नै भएको जनाइन् । उनले आपूmले सदा समाज वरपर नै रहेर कलम चलाउने सङ्कल्प गरिन् । उनले सङ्ग्रहभित्रकै ‘बोक्सी’ शीर्षकको कविता पनि वाचन गरिन् ः

मलाई शङ्का लाग्यो
ए ए।।।।।बिस्तारै है भनेँ
कुची उठाएर तप्लङ्ग एक तप्को रङ चोभ्यो
सुलुलुलु गुजुल्टो परेको कपाल देखाइदिई त हाल्यो
मुखमा दाह्रा
औंलामा हतियारभैmँ लाग्ने नङ्ग्राहरू थपिदियो
सौभाग्य र स्व–पराक्रमको प्रतीक रातो बिन्दी सुहाउँछ
बिन्ती गर्दैैछु
तप्लक्कै कालो टीका पो लगाइदियो ।

यतिन्जेलसम्म
अशुभले साम्राज्य जमाइसकेको थियो
ठूलो भीड
अलग्गै पर बसेर यो तमासा हेरिरहेको थियो ।

यसरी यो समाजले आपूmखुसी क्यानभासमा एउटा आकृति उता¥यो
र नाम दियो
बोक्सी ।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले समाजको समृद्धिका लागि साहित्य अपरिहार्य रहेको धारणा राख्दै बादलका कविताहरू पनि यो समाज र आम जनजीवनकै सेरोफेरोमा रहेको बताइन् । पराजुलीले बादल यी र यस्तै कविताहरूका कारण कवित्वको उचाइमा पुगेको दावी पनि गरिन् ।