इटहरीः लकडाउन पश्चात प्रदेश १ मा विभिन्न कारणमा परेर मृत्यु हुनको संख्या कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको भन्दा बढी रहेको छ । प्रदेश प्रहरी कार्यक्रय विराटनगरका प्रवक्तता डिएसपी सुमन कुमार तिम्सिनाले दिएको जनाकारी अनुसार प्रदेश १ मा लकडाउन भए पश्चात गत चैत्रदेखि असोजको पहिलो हप्तासम्म ८९१ जनाको मृत्यु भएको छ । यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा ५३ जनाको मृत्यु भएको छ ।

उनले दिएको जनाकारी अनुसार प्रदेश १ मा लकडाउनको अवधिमा ७ सय २६ जनाले आत्महत्या गरेका छन् । यो गत वर्षको चैतदेखि असोजको १ गतेसम्मको तथ्याङ्क हो । यस्तै लकडाउनको समयमा ८५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । त्यस्तै लकडाउनकै अवधीमा बाढी, पहिरो, आगलागि, चट्याङ तथा अन्य प्राकृतिक प्रकोपमा परेर ८० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगर जानकारी दिएको छ ।

कोरोनाले ५३ को मृत्यु

कोरोना संक्रमण का कारण प्रदेश १ मा ३९ जना पुरुष र १४ महिला गरि ५३ जको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनकारी दिएको छ । यो विवरण अनुसार कोरोना संक्रमणले मृत्यु भएकाको तुलनामा सडक दुर्घटना, आत्महत्या गरेर र प्राकृतिक प्रकोपमा परेर मृत्यु हुनेको संख्या १६ दशमलव ८१ गुणा हुन आउँछ । जुन झण्डै १७ गुणाले बढी हो ।

लकडाउनमा ७२६ जनाले  गरे आत्महत्या 

प्रदेश १ मा लकडाउनाको अवधिमा ७२६ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरको जानकारी अनुसार प्रदेशका १४ जिल्लाका ७२६ जनाले गत वर्षको चैत्र महिना देखि यो असोज १ गतेसम्मको अवधिमा आत्महत्या गरेका हुन् । प्रदेश प्रहरीको लगत अनुसार प्रदेशमा सबैभन्द बढी मोरङमा १४२ जना र सबैभन्दा कम ताप्लेजुङमा २० जनाले आत्महत्या गरेका छन् । मोरङमा आत्महत्या गर्ने मध्ये १२५ जनाले झुण्डिएर र १७ विष सेवन गरेका छन् । आत्महत्या गर्नेमा ६२ पुरुष, ४४ महिला, ५ बालक र १४ बालिका रहेका छन् । झापामा १२७ जनाले झुण्डिएर, ३ औजार प्रयोग गरे र १० जनाले विष सेवन गरेर जम्मा १४० जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा ८० पुरुष, ५१ महिला, ४ बालक र ५ बालिका रहेका छन् ।

सुनसरीका ८८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५० पुरुष, ३२ महिला, २ बालक र ४ बालिका रहेका छन् । उनिहरु मध्ये ७१ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै इलामा ३१ जना पुरुष, १९ जना महिलास, १ जना बालक र ४ जना बालिका गरि ६० जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५५ जनाले झुण्डिएर, १ जनाले औजार प्रयोग गरेर र ४ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

त्यसैगरि उदयपुरमा ३१ जना पुरुष, १९ जना महिला, ३ जना बालक र २ जना बालिका गरेर ५५ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४५ जनाले झुण्डिएर, ८ जनाले विष सेवन गरेर र २ जनाले हामफालेर आत्महत्या गरेका हुन् । ओखलढुङ्गामा २८ जनाले यो लकडाउनको अवधिमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १४ पुरुष, ९ महिला, २ बालक र ३ बालिकाले आत्महत्या गरेका हुन् । उनिहरु मध्ये २५ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै खोटाङमा १३ जना पुरुष, ११ जना महिला, ३ बालक र ३ जना बालिका गरि ३० जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार खेटाङमा २५ जनाले झुण्डिएर र ५ जनाले विषे सेवन गरेर आत्महत्या गरेका हुन् ।

ताप्लेजुङमा पनि आत्महत्या गर्नेको संख्या उल्लेख्य रहेको छ । असोज १ गतेसम्म ताप्लेजुङमा १७ जना पुरुष, ६ जना महिला र १ जना बालिका गरि २४ जनाले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार २२ जनाले झुण्डिएर र २ विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै धनकुटामा २३ जना पुरुष, १३ जना महिला र २ जना बालक गरि ३७ जनाले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार धनुटामा ३५ जनाले झुण्डिएर, एक जनाले विष सेवन गरेर र एक जनाले हामफालेर आत्महत्या गरेका छन् । पाँचथरमा १३ पुरुष, ८ महिला, ३ बालक र ५ बालिका गरि २८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २८ जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

भोजपुरमा पनि २७ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । जसमा १४ जना पुरुष, ९ जना महिला, २ जना बालक र २ जना बालिका रहेका छन् । उनिहरु मध्ये २३ जनाले झुण्डिएर, १ जनाले औजार प्रयोग गरेर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । त्यस्तै संखुवासभामा ११ पुरुष, ८ महिला, १ जना बालक र १ जना बालिका गरी २१ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनिहरु मध्ये २० जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । लकडाउनको अवधिमा सोलुखुम्बुमा २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोलुखुम्बुका १४ जना पुरुष र ११ जना महिलाले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनिहरु मध्ये २२ जनाले झुण्डिएर, १ जनाले विष सेवन गरेर र २ जनाले हामफालेर आत्महत्या गरेका हुन् । त्यस्तै तेह्रथुममा १७ पुरुष, ६ महिला र १ बालिका गरी २४ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनिहरु मध्ये २२ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।


 ८५ जनाको सडक दुर्घटनामा मृत्यु

प्रदेश १ मा कोरोना रोकथामको लागि लकडाउन लागू गरिएको अबधिमा ८५ जनाको विभिन्न ठाउँमा सडक दुर्घटनामा परि मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लामा गत वर्षको चैत्रदेखि गत असोज १ गतेसम्म ८५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार प्रदेशमा चैत्र महिनामा ६ पुरुष र ३ महिला गरि ९ जनाको मृत्यु भएको छ ।


त्यस्तै २०७७ सालको बैशाख महिनामा ७ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । मृत्यु हुनेमा ४ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । जेष्ठ महिनामा २४ जनाको सडक दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परि १४ जना पुरुष, ५ जना महिला, ३ जना बालक र २ जना बालिको मृत्यु भएको छ ।

असार महिनामा प्रदेशका विभिन्न जिल्लाका २३ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यु हुनेमा २० जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । त्यस्तै साउन महिनामा १७ जनाको सडक दुर्घटनाले मृत्यु भएको छ । मृत्यु हुनेमा १६ जना पुरुष र १ जना महिला रहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । त्यसैगरी गत भाद्र महिनामा ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३ पुरुष र २ जना महिलाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लकडाउनको अवधिमा प्रदेशमा ७११ जना घाइते भएका छन् । उनिहरु मध्ये २४६ जना गम्भिर घाइते भएका छन् भने बाँकि ४६५ जनाको अवस्था सामान्य रहेको छ ।

प्राकृतिक प्रकोपले ८० जनाको मृत्यु, ९३ जना घाइते

लकडाउनमा बाढी, पहिरो, चट्याङ्, आगलागि तथा विभिन्न प्राकृतिक प्रकोपमा परेर ८० जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । लकडाउनको अवधिमा चट्याङ लागेर ७ जना, बाढी पहिरोमा परेर ४६ जना, आगलागिबाट १ जना र विविध प्राकृतिक प्रकोपमा परेर २५ जनाको मृत्यु भएको छ । लकडाउनको समयमा प्राकृतिक प्रकोपमा परेर ९३ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।