इटहरीःीवज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार क्लिनफिड नीति कार्यान्वयनका लागि कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन सम्प्न्न गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संसदकाअ‍े विकास समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ऐनको दफा ६ अनुसार अनुमति प्राप्त गरी सञ्चालित टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काका अनुसार मन्त्रालयले विज्ञापनरहित सेवा नदिने टेलिभिजन च्यानलको प्रसारण रोक्ने योजनासमेत समितिक्ष पेस गर्नुपर्नेछ । साथै नेपाली टेलिभिजन च्यानलको विदेशी च्यानलमा विज्ञापन नगर्न पनि निर्देशन दिइएको उनले बताइन् ।