मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

  • आश्विन ६, २०७७
  • १०६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

सरल र निडर स्वभावका शंकर सढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला राजधानी काठमाडौँमा संघर्षरत छन् ।
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ४ वर्षमा नै उनले धेरै दर्शकको माया पाउन समेत सफल देखिएका छन् । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफुले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाएको बताए ।
त्यसयता उनले यो अवधीमा नेपालको विभिन्न शहरमा गरि २५ वटा भन्दा बढी फेसन शोमा मोडल भई काम गरिसकेका छन् । भने उनले १ दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमा समेत स्थापित बनिसकेका छन् ।
स्कुल अध्ययनकै क्रममा अभिनयमा रुचिका कारण समेत आफु मोडलिङ्गमा आउन सजिलो भएको उनले बताए । छोटो समयमा धेरै चर्चा बटुलेका उनले अभियान गरेको विभिन्न शोमा उनले प्रस्तुत गरेका अभिनय जिवन्त भएकै कारण उनी चर्चामा रहेका हुन् । यस्तै यो अवधीमा विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसि एड समेत गरि अभिनय गरेर शंकरले अलगै पहिचान दिएका छन् । विभिन्न ईभेन्ट र म्याग्जिनका लागि उनले गरेको फोटो सुटले समेत उनलाई थप चर्चामा पुराउने गरेको छ ।

Shankar Model 3
शंकर भन्छन् मोडलिङ्ग फरक भए पनि लगनीशिल र आफ्नो मिहिनेतकै कारण आफु विस्तारै अगाडी बढेको छु । मारुनी फिल्ममा साहयक कलाकारको रुपमा अभिनय गरिसकेका शकंरले अब छिटै आफु राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेका जानकारी गराए । विभिन्न चलचित्रका अभिनय कार्यशालामा समेत उनले जनाएको सहभागीताले गर्दा उनलाई धेरै अफर आए पनि चलचित्रमा आफुले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने दावी पनि गर्दछन् ।
उनी आफूँलाई चुनौती लाग्ने पेशालाई नै अंगालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङ्ग प्रति एउटा दरिलो उदाहरण बन्न चाहेको बताउँछन् । स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य नेपालको एउटा शसक्त मोडल बन्ने हो । शान्त, सरल तथा मिजासिलो स्वभावका शंकर हेर्दा आकर्षक देखिन्छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो उनले भने जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाउनेछन् । ५ फुट ७ ईन्च भन्दा अग्ला रहेका शंकरको आर्कषक शरिर देखेर जोकोही पनि लोभिन्छन् ।

प्रतिक्रिया दिनुहोस

कोरोना संक्रमितको निशुल्क उपचार गर्नुपर्ने डा.केसीको माग

इटहरीः चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका चिकित्सक डा.गोविन्द केसीले द ...

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्दार

नवलपरासीः भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्दार गरी नेपाल फर्काइएको छ । आफन् ...

पोखरामा तीन हजारमै पाराग्लाइडिङ गर्न पाइने

पोखराः प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved