इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै आफ्नो १९ औं सत्याग्रहका क्रममा गत भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ-६, रानिचौरस्थित वाविरा मन्दिरमा अनसनमा बसेका डा. गोविन्द केसीलाई सरकारले जबर्जस्ती नेसनल ट्रमा सेन्टर पुर्‍याएको छ । काठमांडौको त्रिवि शिक्षण अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा काम गरी अवकाश पाएका केसी सोही अस्पतालमा अनसन बस्न भन्दै आज मंगलबार बुद्ध एयरको विमानमार्फत् नेपालगन्जबाट काठमांडौ पुगेकोमा प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको केसीको आन्दोलनमा सहभागी डा. प्रितम सुवेदीले बताए ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै लामो समयदेखि सत्याग्रह गर्दै आएका डा. केसीसँग सरकारले पटक पटक सम्झौता गरेपनि कार्यान्वयनमा आनाकानी गर्ने गरेको छ ।