इटहरीः हुम्लाको लाप्चाबगरमा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको चीनले सो भूमि आपm्नै भएको दाबी गर्दै नेपाली भूमि नमिचिएको बताएको छ । नेपालस्थित चिनियाँ दूतावासले आज एक विज्ञप्ति जारी गर्दै चीन र नेपालबीच कुनै क्षेत्रमा सीमा विवाद नभएको र भवन निर्माणबारे नेपालले जाँच गर्न सक्ने बताएको छ । विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको उल्लेख गरेको छ । केही भारतीय मिडियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भ्रामक समाचार सम्प्रेषण गरेको जिकिर गर्दै चीनले नेपालसँग सामरिक सञ्चार निरन्तर राखेको बताएको छ । सीमा अतिक्रमण भएको समाचार मिडियामा आएपछि दूतावासले अतिक्रमण नगरेको प्रष्टिकरण दिएको हो । दूतावासका तर्फबाट लुआन सिउतानले विज्ञप्ति जारी गरेका हुन् । (एजेन्सी)