इटहरी /  इलामा उत्पादन भएको किबि कलिलै बजारमा आएकोले गुणस्तरहीन हुने भन्दै तत्काल रोक्न कृषि ज्ञान केन्द्रले निर्देशन दिएको छ । कृर्षि ज्ञान केन्द्र इलामका निमित्त कार्यलय प्रमुख टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयूक्त मानिने किवी अहिलेनैै बजारमा आउन थालेको उनले बताए ।

यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने किवी विज्ञहरु बताउछन । जिल्लामा किवी खेती फस्टाएको र प्रतिबोट करिव दुइ सय किलो सम्म उत्पादन हुने किवी कलिलैमा टिपेर वजारमा पुर्याउनाले समय भन्दा अगावै आएको किवि गुणस्तरीय नहुने भएकाले तत्काल नियन्त्रण गर्नपरेको हो ।

इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘किवी जोन कार्यक्रम’ सञ्चालन भैरहेको छ ।

जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई किवी जोन क्षेत्र घोषणा गरिएको छ । इलामको किवी इलाम बजार, राँके, झापाको बिर्तामोड देखि काठमाण्डौसम्म जाने गरेको छ ।
विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ ।