इटहरीः सामाजले हेला गरेकी एक स्वास्थ्यकर्मीलाई मेडिकल ल्याबेरोटरी एसोसिएसन अफ नेपाल (मेलान) सुनसरी र प्रदेश स्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुले सहयोग गरेका छन् । इटहरीको सरकारी अस्पतालमा स्वास्थ्य स्वयसेवकको रुपमा काम गर्ने उनमा अस्पातल भित्रै कोरोना देखिएको थियो । उनिसँगै उनको परिवारलाई पनि कोरोना देखिएको मेलान केन्द्रिय सल्लाहकार प्रकाश अधिकारीले बताए । ‘उनलाई अस्पताल भित्रै कोरोना देखिए थियो र उनिसँगै उनका सम्पुर्ण परिवारमा पनि कोरोना देखिएर आइसोलेसनमा पठाइएको थियो’, उनले भने ।
उनको रोजगारि पनि गुमेको र परिवारले सञ्चालन गर्दै आएको पसल पनि हाल बन्द रहेकाले राहत वितराण गरिएको अधिकारीले बताए । ‘हाल उनको रोजगारी पनि गुमेको छ । उनको परिवारले पहिलादेखि नै इटहरीको हटिया लाइनमा पसल सञ्चालन गरेको रैछ । तर सबै संक्रमित बनेपछि त्यहाँका मानिसहरु उनिहरुको पसलमा जाननै छोडेक रैछन् । त्यसले उनिहरुलाई समस्या परेकोल हामी सबैले मिलेर सहयोग गरेका हौँ’, अधिकारीले भने ।
त्यहाँको समाजले उनिहरु कोरोना जिते फेर्के पनि हेलाको दृष्टिले हार्ने र पसलमा सामान किन्न नजाने गरेकाले स्वास्थ्यकर्मीको परिवारलाई समस्या परेको हो । उनलाई आवश्यक परे पुनः सहयोग गर्ने अधिकारीले बताए ।