चालू आर्थिक वर्षका योजनाको कार्यान्वयन तत्काल अघि बढाउन र वर्षौंदेखि अलपत्र आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गर्न आग्रह


विराटनगरः भोजपुर जिल्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका तथा विगतका आर्थिक वर्षदेखि निरन्तर बजेट माग गरिँदै आए पनि सम्बोधन हुन नसकेका अधुरा विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न भौतिक पूर्वाधार विकासमन्त्री माननीय जीवन आचार्यसमक्ष बजेट व्यवस्थापनको माग गरिएको छ।


माननीय सिर्जना राईज्यूले चालू आर्थिक वर्ष २०८३/०८४ मा डढुवा–घोरेटार बजार सडक खण्डलगायत अन्य योजनाहरूका लागि विनियोजित बजेटको कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन मन्त्री आचार्यको ध्यानाकर्षण गराउनुभएको हो।


त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ देखि कोशी प्रदेश सरकारमार्फत निर्माण कार्य सुरु भएका तर हालसम्म पनि सम्पन्न हुन नसकेका आयोजनाहरूलाई आवश्यक बजेट विनियोजन गरी निर्माण कार्यलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभएको छ।


यसअघि पनि उहाँकै पहल तथा अनुरोधमा पूर्वाधार विकास कार्यालय, भोजपुरले अधुरा आयोजनाहरूको स्थलगत विवरण, तस्बिरसहितको लागत अनुमान तथा बजेट मागसम्बन्धी विस्तृत विवरण संकलन गरी तत्कालीन मन्त्रीहरूसमक्ष पेस गरेको थियो। तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ती आयोजनाहरूले आवश्यक बजेट प्राप्त गर्न नसकेको स्मरण गराउँदै यसपटक प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्न मन्त्रीसमक्ष अनुरोध गरिएको हो।

rai 2


बजेट अभावमा अलपत्र रहेका १६ आयोजना

वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका तथा आवश्यक बजेटको पर्खाइमा रहेका आयोजनाहरूमा निम्न योजना समावेश छन् :


1. नेपाल नेत्र ज्योति संघ भवन निर्माण, भोजपुर नगरपालिका–१२।


2. षडानन्द माध्यमिक विद्यालय भवन निर्माण, षडानन्द नगरपालिका–६।


3. शारदा माध्यमिक विद्यालय भवन निर्माण, षडानन्द नगरपालिका–११।


4. झ्याउपोखरी कभर्ड हल निर्माण, षडानन्द नगरपालिका–११।


5. जनसांस्कृतिक भवन निर्माण, साल्पासिलिछो गाउँपालिका–३, तालखर्क।


6. टोसी खिमटेवा पर्खाल निर्माण तथा घेराबारा, हतुवागढी गाउँपालिका–३।


7. गोरु काटे भ्युटावर निर्माण, साल्पासिलिछो गाउँपालिका।


8. ब्रह्मकुमारी राजयोग सेवा केन्द्र भवन निर्माण, भोजपुर नगरपालिका–९।


9. सामुदायिक भवन निर्माण, पोखरे, भोजपुर नगरपालिका–८।


10. यलम्बर सभा हल निर्माण, भोजपुर नगरपालिका–६, देउराली।


11. किरातेश्वर मन्दिर भवन निर्माण, साल्पासिलिछो।


12. सामुदायिक भवन निर्माण, साल्पासिलिछो गाउँपालिका–१।


13. बान्तवा खिम बोक्खिम, भोजपुर नगरपालिका–५।


14. वडा कार्यालय भवन निर्माण, षडानन्द नगरपालिका–६।


15. भोजपुर बहुमुखी क्याम्पसको शैक्षिक भवन निर्माण, भोजपुर नगरपालिका–७।


16. वडा कार्यालय भवन निर्माण, षडानन्द नगरपालिका–६।


चालू आर्थिक वर्षको रातो किताबमा समावेश सात आयोजना

यसैबीच, चालू आर्थिक वर्ष २०८३/०८४ को रातो किताबमा समावेश भई कार्यान्वयनको चरणमा रहेका सातवटा आयोजनाहरूको बजेट कार्यान्वयनलाई समेत तीव्रता दिन आग्रह गरिएको छ।


ती आयोजनाहरू र विनियोजित बजेट यसप्रकार छन् :


1. पर्यटन माङ्खिम भवन निर्माण, रामप्रसादराई गाउँपालिका–८ — रु. ३० लाख।


2. दुङमाली सङ्ग्रहालय भवन निर्माण, पौवादुङमा गाउँपालिका — रु. १० लाख।


3. देउराली प्रहरी चौकी निर्माण, षडानन्द नगरपालिका–११ — रु. २० लाख।


4. लालिगुराँस महिला समूह भवन निर्माण, हतुवागढी — रु. १० लाख।


5. दिलुङ्छा माङ्खिम निर्माण, भोजपुर नगरपालिका–११ — रु. १५ लाख।


6. मदन भण्डारी स्मृति प्रतिष्ठान, भोजपुर नगरपालिका — रु. ४५ लाख।


7. शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन, भोजपुर — रु. १५ लाख।


उल्लेखित सातवटा आयोजनाका लागि चालू आर्थिक वर्षमा कुल १ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।


भोजपुरका विभिन्न स्थानीय तहमा रहेका यी आयोजना शिक्षा, संस्कृति, पर्यटन, धार्मिक तथा सामुदायिक पूर्वाधारसँग जोडिएका महत्वपूर्ण योजना हुन्। कतिपय आयोजना वर्षौंदेखि अधुरै रहँदा स्थानीयवासीले अपेक्षित सेवा तथा सुविधा प्राप्त गर्न नसकेको अवस्था छ।


त्यसैले रातो किताबमा समावेश भएका योजनाहरूको बजेट समयमै कार्यान्वयन गर्न तथा विगतदेखि अलपत्र रहेका आयोजनाहरूका लागि आवश्यक थप बजेट सुनिश्चित गरी निर्माण कार्य सम्पन्न गराउन मन्त्री आचार्यसमक्ष आग्रह गरिएको हो।