इटहरी: वर्षा सगैआएको खोलको भेलले बगाउदा दुई वर्षीय वालकको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–७, स्थित रेखा खोलाले बगाउँदा स्थानीय राजु मर्डीका २ वर्षीय छोरा जीवन मर्डाी को मृत्यु भएको हो ।
जिल्ला प्रहरीकार्यलय झापाका अनुसार बुधबार राति घर नजिकै खेल्दाखेल्दै खोलामा बेपत्ता भएका बालकको खोजी क्रममा बिहिबार घरबाट करिब ३ सय मिटर दक्षिणमा शव फेला पारिएको हो ।
बालकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको छ ।